माेटरसाइकल दुर्घटनामा तीन जनाकाे मृत्यु

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
टीकापुर—खक्रौला सडकको खैरीपुर खण्डमा ‘अन टेस्ट‘ मोटरसाइकल गोरुगाडामा ठोक्किदाँ मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ का ३१ वर्षीय जीवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमाल छन् । दुर्घटनाबाट घाइते सोही ठाउँका पवन पाण्डेयलाई थप उपचारका लागि टीकापुर अस्पतालबाट कोहलपुर मेडिकल कलेज सिफारिश गरिएको छ ।
तीन जना सवार उक्त अन टेस्ट मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुगेको प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताए । मदिरा सेवन गरेर मोटरसाइकल चलाएका कारण सो दुर्घटना हुन पुगेको बताइएको छ ।
टीकापुर नगरपालिकाकै बन्दीपुर सडक किनारमा रोकिराखेको से १ त २९१४ नम्बरको ट्र्याक्टरको ट्रलीमा ठोक्किँदा ६प१९४१ को मोटरसाइकलका चालक टीकापुर–४ का २१ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ ।
दुर्घटनाबाट घाइते चौधरीलाई कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 6 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
प्रयोग नै नगरी थन्कियो दमकल
- 2 hours ago

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गा
Paul Shah to be presented before court
- 2 hours ago

The High Court Pokhara has issued an order to present act Purna Bikram (Paul) Shah before the court. Shah is currently in Tanahun Jail after the Nawalpur court found him guilty in the case of child mo
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।