छुट्टाछुट्टै दुर्घटनामा भरतपुरमा १ जनाकाे मृत्यु, ६ जना घाइते

भरतपुर । चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको ६ भने पाँच घाइते भएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नम्बरको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई शुक्रबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
ट्रकको ठक्करबाट एम्बुलेन्समा सवार क्यान्सर रोग पीडित बिरामी तनहुँ रिसिङ गाउँपालिका–५ बस्ने ६२ वर्षीय राजिसरा थापामगरको मृत्यु भएको हो । दुर्घटनामा घाइते मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घाइते एम्बुलेन्स चालक र अन्य दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रक चालकको मुग्लिनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै शुक्रबार साँझ नै भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् । नारायणपुरबाट भरतपुर आउँदै गरेको बा१०च १७७ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना४५प ९८५४ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका भनपा–१४ का ४० वर्षीय विशेश्वर घिमिरेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने कार र कारका चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 2 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 2 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 3 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।