पाकिस्तानमा दुर्घटना, ६ जनाको मृत्यु, नौ घाइते

Global IME
Norvic Hospital

इस्लामावाद । पाकिस्तानको पुर्वी पञ्जाव प्रान्तमा भएको सवारी दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । 

 

स्थानीय अधिकारीले दिएको जानकारी अनुसार बिहीबार भएको दुर्घटनामा परी अरु नौ जना घाइते भएका छन् । 

 

यात्रु बोकेको भ्यान एउटा ट्रकसँग राष्ट्रिय राजमार्गमा पर्ने रहिम यार खान जिल्लामा ठक्कर खाँदा दुर्घटना भएको समाचारमा जनाइएको छ । 

 

घाइतेहरूलाई नजिकैका अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ । घाइते हुनेमा महिला र बालबालिका समेत रहेका छन् । 

 

प्रहरीको प्रारम्भिक अनुसन्धानले भ्यानको तीव्र गतिका कारण दुर्घटना भएको देखाएको छ । तर थप अनुसन्धान भने भइरहेकोले अन्तिम निश्कर्ष भने आइनसकेको प्रहरी अधिकारीहरूले बताएका छन् । 

 

पाकिस्तानमा हरेक महिना ठूलो संख्यामा सडक दुर्घटनाहरु हुने गरेका छन् । दुर्घटनामा परी बर्षेनी हजारौंको ज्यान जाने गरेको छ भने त्यो भन्दा धेरै घाइते हुने गरेका छन् । 

 

पर्याप्त मर्मत नगरिएका सवारी साधन, सडकको खराव अवस्था र सवारी चालकको लापर्वाहीका कारण दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउछन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

  • 14 minutes ago
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

  • 17 minutes ago
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 35 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।