थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता
- शनिबार, २३ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

थाइल्याण्ड । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ ।
दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् ।
डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गरेका छन् ।
थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराईरहेकाहरुको खोजी भईरहेको जानकारी दिए ।
हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाइ सरकारी स्रोतले जानकारी दिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 9 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 45 minutes ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
- 1 hour ago

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।