भारतमा यात्रुवाहक रेल दुर्घटना

Global IME
Norvic Hospital

नयाँ दिल्ली । भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी दिएका छन् । 

 

तर यस दुर्घटनामा मानवीय हताहत भने नभएको समाचारमा प्रष्ट पारिएको छ । रेल सेवाका अधिकारीहरुले सो जानकारी दिएका छन् । 

 

बिहारको प्रान्तीय राजधानी पटनाबाट १४१ किलोमिटर उत्तरपूर्वमा पर्ने दरभाङ्गा जिल्लामा सो रेल दुर्घटना भएको छ । शुक्रबार बिहान सवेरै दरभाङ्गा–कोलकाता एक्पे्रस रेलमार्गमा उक्त दुर्घटना भएको समाचारमा जनाइएको छ । 

 

दुर्घटना भएको अवस्थामा रेलमा रहेका सवै यात्रुहरु निदाएका बताइएको छ । दरभङ्गास्थित रेल सेवाका एकजना अधिकारीले तर त्यसमा रहेका यात्रुहरु भने सकुशल रहेका जानकारी दिएका छन् । 

 

भारतको रेलमार्ग कतिपय स्थानमा निकै जीर्ण अवस्थामा छ । यसको मर्मत तथा नयाँ निर्माणका लागि १३७ अर्ब अमेरिकी डलर बराबरको रकम लाग्ने र यसको निर्माण अवधि पाँच वर्षं लाग्ने भन्दै भारतीय सरकारले सन् २०१५ मा यो आयोजनाको घोषणा गरेको थियो । 

 

भारतमा रेलसेवा यातायातको एक ठूलो र भरपर्दो सेवा हो । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 2 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 3 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 3 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।