को हुन् श्वेता अग्रवाल जोसँग आदित्य नारायण झाले विवाह गर्दैछन्

एजेन्सी । आदित्य नारायण झा यस वर्षको अन्त्यमा अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनीहरुको भेट फिल्म सापितको सेटमा भएको थियो । 

 

दुवै यो डेब्यु फिल्म पनि रहेको थियो । १० वर्ष लामो अफेयर्सपछि उनीहरुले विवाहको तयारी गरेका हुन् ।

 

पछिल्लो समय आदित्यको विवाहको बारेमा चर्चा चलेपछि श्वेताबारे मानिसहरुले चासो देखाएका थिए । बलिउडमा संघर्षरत श्वेतालाई हालसम्म सोचेजस्तो सफलता भने मिल्न सकेको छैन । 

 

उनले टेलिभिजन, भारतीय फिल्म र इन्टरनेशनल प्रोजेक्टमा समेत काम गरिसकेकी छन् । 

 

श्वेताले आफ्नो करिअर टेलिभिजनबाट सुरु गरेकी हुन् । उनलाई बाबुल कि दुवाए लेती जा, सगुन, देखो मगर प्यार से जस्ता टेलिफिल्म्समा काम गरेकी थिइन् । उनले स्टार प्लसबाट प्रसारित सगुनमा लिड रोलमा काम गरेकी थिइन् । श्वेताले प्रभास प्रमुख भुमिका रहेको फिल्म रगवेन्द्रबाट डेब्यु गरेकी थिइन् । उक्त फिल्म सन् २००३ मा रिलिज भएको थियो । 

 

अन्तिम पटक उनले अभिनय गरेको फिल्म सापित हो । यस फिल्म उनको अपोजिट आदित्य नारायण रहेका थिए । आदित्यले यो वर्षको नोभेम्बर वा डिसेम्बरमा विवाह गर्ने योजना बनाएको बताएका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

  • 4 hours ago
ट्रकले ठक्कर दिँदा एक जना पैदल यात्रीको  मृत्यु

कैलाली । कैलालीमा ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको आज मृत्यु भएको छ । धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना। ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ

नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

  • 4 hours ago
नग्न तस्वीर माग्नेसँग सचेत हुन आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ ।

भैंसीले हानेर एक जना महिलाको मृत्यु

  • 4 hours ago
भैंसीले हानेर एक जना महिलाको मृत्यु

दाङ । दाङमा भैंसीले हानेर एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुर निवासी ५५ वर्षीया राधा यादवको आज मृत्यु भएको हो ।



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।