अफगानिस्तान सबै राष्ट्रसँग सुमधुर सम्बन्ध चाहन्छ

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले बुधबार अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन्।

 

“हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन दिन्छौं कि अरू देशहरूको सुरक्षालाई खतरामा पार्न कसैलाई पनि आफ्नो इलाका प्रयोग गर्न दिनेछैनौं । साथै, हामीले अन्य देशहरूले पनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरून् भन्ने चाहन्छौं,” अखुन्जादाले वार्षिक मुस्लिम पर्व ईद अल–आदाको पूर्व सन्ध्यामा दिएको बधाई सन्देशमा बताएका छन् ।

 

तालिवान नेताले भने, “आपसी अन्तर्वार्ता र प्रतिबद्धताको परिधिभित्र रहेर हामी अमेरिकालगायत विश्वसँग असल, कुटनीतिक, आर्थिक र राजनीतिक सम्बन्ध चाहन्छौँ र यसलाई हामी सबै पक्षको हितमा विचार गर्छौं ।”

 

अफगानिस्तानले जुलाई ९ मा पूर्णचन्द्रोदयको दृष्यलाई दर्शन गरेपछि ईद अल–आदा मनाउँदै छ ।

 

गत अगस्टमा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि वासिङ्टनले तालिबानले चलाएको प्रशासनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अर्ब अमेरिकी डलरभन्दा बढी रकम रोक्का गरेको छ ।

 

युद्धग्रस्त मुलुकको अर्थतन्त्रमाथि नै खलल पर्ने गरी विदेशमा रहेको अफगानी मुद्रा रोक्का गरिएपछि अहिले अफगानिस्तानले व्यापक आर्थिक अभाव झेल्दै आएको र तालिबान प्रशासनलाई अफगानीहरूले सामना गरिरहेका सबै समस्याहरूबारे जानकारी रहेको अखुन्जादाले बताए ।

 

“अर्थतन्त्र बलियो बनाउनु, मुलुकको पुनःनिर्माण गर्नु र बाँकी रहेका समस्याहरू हटाउनु हामी र हाम्रो राष्ट्रको साझा जिम्मेवारी हो । सबै जायज कुरामा मिलेर काम गरौं, एकले अर्कालाई सहयोग गरौं र यो देशलाई समृद्ध बनाऔं,”

उनले भने । 

 

उनले भने, “इस्लामिक इमिरेटले देशका गरिब, अनाथ तथा अपाङ्ग तथा अन्य खाँचोमा परेका व्यक्तिका परिवारका आवश्यकतामा विशेष ध्यान दिन्छ ।” 

 

अखुन्दजादाले अफगानीहरूलाई सद्भावना, भ्रातृत्व र एकताका साथ आफ्नो अर्थव्यवस्था सुदृढ गर्न एकजुट हुन र देश पुनर्निर्माण गर्न पनि उक्त अवसरमा आग्रह गरेका हुन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

  • 3 hours ago
एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे छलफल भएको छैनः देव गुरुङ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिले एमालेसँग गठबन्धन बनाएर सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन्। शनिबार र आइतबार बसेको केन्द्रीय पदाधिकारीहरूको अनौपचारिक बै

ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

  • 3 hours ago
ग्वार्कोमा ‘फ्लाइओभर’को काम शुक्रवारदेखि सुरु हुने

काठमाडौँ। ललितपुरको ग्वार्को चोकमा आउँदो शुक्रवारदेखि फ्लाइओभर (आकाशे पुल) निर्माणको काम सुरु हुने भएको छ। बढ्दो जामलाई मध्यनजर गरेर ग्वार्कोमा फ्लाइओभर निर्माण हुन लागेको हो।

पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

  • 3 hours ago
पाकिस्तानको पाख्तुनख्वा प्रान्तमा आतङ्ककारी आक्रमणमा परी तीन प्रहरीको मृत्यु

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिममा पर्ने खैबर पाख्तुनख्वा प्रान्तको नाउसेरा जिल्लामा भएको एक आतङ्ककारी आक्रमणमा परी तीन प्रहारीको मृत्यु भएको उद्धारकार्यमा संलग्न कार्यकर्ताहरुले बताएका छन्।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।