अफगान सुरक्षाफौजको मृत्युदर बढ्यो, नयाँ भर्नामा समस्या
- शुक्रबार, ७ मंसिर, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

काबुल । तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरु गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरु सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरुको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाईमा धेरै अफगानी सेना पुगेको पाइएको छ ।
विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक ह्वात्तै बढेको छ ।
सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी पाएको अफगानी सेना र प्रहरीका झण्डै ३० हजारको मृत्यु भइसकेको छ । अफगान राष्ट्रपति अस्ररफ घानीले हालैमात्र सार्वजनिक गर्नुभएको यस तथ्यले सरकार र विद्रोही पक्षमा भएको हताहत हुने ठूलो संख्या देखाएको छ ।
अर्थात् दैनिक करिब २० अफगान सैनिकको मृत्यु भइरहेको छ ।
“यहीक्रमले अफगानी सेनाको मृत्यु भइरहने हो भने नयाँ भर्ना हुने व्यक्ति नै फेला पार्न कठिन छ,” सैनिक विश्लेषक अतिकुल्लाह अमरखाइलले बताए ।
भयावह मृत्युदरले पहिल्यै कमजोर रहेको फौजको मनोबल अझ खस्केको छ । सन् २०१८ को तेस्रो चौमासिकमा करिब ९ हजार सैनिक कटौती भएको छ, र सैनिक परिचालनको कूल संख्या तीन लाख १२ हजार मात्र भएको छ ।
सैनिक कटौती हुनुको प्रमुख कारण बढ्दो चोटपटक र घर बिदामा गएकाहरु नफर्किनु रहेको बताइएको छ । अफगानी सैनिक बेग पनि घर बिदाबाट काममा नफर्केका एक जना हुन् ।
“लडाइँमा दिनहुँ ५ देखि १० जना साथी गुमाएको देखेको छु” २६ वर्षीय बेगले बताए । उनी उत्तर प्रान्त जोजानमा खटिएका थिए । “मेरो युनिटमा तालिबानले दुईपटक आक्रमण गरेका थिए, तर इश्वरको कृपाले मात्र बाँच्न सफल भएँ । अब त फेरि त्यहाँ जान्नँ । म अब गाउँमै फर्किएर श्रमिक काम गर्नेछु,” उनी भन्छन् ।
एक विवरण अनुसार सन् २०१५ मा मात्र पाँच हजार अफगान सैनिक मारिएका थिए । युद्धमा कठिन हुने देखिएपछि सन् २०१७ यता सरकारले मृत्यु भएका सेनाको विवरण सार्वजनिक गर्न बन्द गरेको छ । अमेरिकी संस्था सिगारलाई अफगानिस्तानमा तैनाथ नेटोले दिएको विवरणमा विगतभन्दा परिस्थिति अझ विकराल बनेको उल्लेख छ ।
एकजना २४ वर्षीय सैनिक आशीकुल्लाह भन्छन्, “हरेक दिन हाम्रा साथीहरु मरिरहेका छन् । हामीसँग राम्रा उपकरण पनि छैनन् । त्यही कारण धेरै साथीहरुले सैनिक सेवा छाडेका छन् वा मारिएका छन् ।”
मृत्यु हुने र घाइते हुनेक्रम बढेसँगै अफगानिस्तानका कतिपय क्षेत्रमा नयाँ भर्ना गर्न कठिन भएको छ, गृहमन्त्रालयका भर्ना प्रमुख मोहम्मद दाउदले स्वीकार गर्नुभयो । नाम नबताउने शर्तमा एक जना अधिकारीले भने– उत्तरी प्रान्त बाल्खको प्रहरी भर्ना केन्द्रमा झण्डै ८० प्रतिशतले कमी आएको छ ।
तर जलालाबाद राजधानी रहेको नान्गरहरको एक केन्द्रले भने भर्ना हुन चाहनेको संख्या बढी रहेको जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता जावद अहमद गफोरले सेनामा भर्ना हुन चाहनेको संख्यामा कुनै कमी नआएको दाबी गरे ।
नान्गरहरमा भेटिएका २४ वर्षीय फज्लुल्लाहले आफू मुलुकको सुरक्षाका लागि प्रतिबद्ध रहेको र सेनामा भर्ना हुन चाहेको बताए ।
अफगान र अमेरिकी सैनिकले भने विद्रोही लडाकूतर्फ पनि ठूलो क्षति भएको बताएका छन् । तर जतिसुकै लडाकू मारिए पनि लडाइँमा कुनै कमी आएको छैन ।
“उनीहरुले हरेक रात आक्रमण गरिरहेकै छन्,” घाज्नीका २९ वर्षीय एकजना प्रहरी अधिकारी इनायातुल्लाहले बताए । बारुदी सुरुङ विस्फोटमा उनी दुईपटक घाइते भइसकेका छन् । “केही दिनभित्रै मेरो जागिर सकिँदैछ र म फेरि भर्ना हुन्न ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 8 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 16 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 33 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।