अफगानिस्तानका लागि अमेरिकी दूतले विदेशी समुदायसँग परामर्श गर्ने
- बिहीबार, ७ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्श गर्ने भएका छन् ।
उनले अफगास्तिानका लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतहरुसँग भेटवार्ता र परामर्श गर्नुहुने भएको छ ।
उनले हाल जारी रहेको अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा अफगानिस्तानका लागि ती देशका विशेषदूतहरुसँग भेटवार्ता गर्नुहुने भएको हो । अफगानिस्तानको पुननिर्माणका विषयमा ती देशहरुले अफगानिस्तानका लागि आ–आफ्ना विशेषदूतहरु नियुक्त गरेका छन् ।
अमेरिकी विदेशमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिअनुसार अमेरिकी विशेषदूत खलिलजादले नीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरी अफगानिस्तानमा शान्ति स्थापनाका लागि हाल जारी रहेको प्रक्रियाको बारेमा जानकारी गराई आवश्यक परामर्श पनि लिनेछन् ।
अफगानिस्तनमा जारी हिंसा कम गर्नका लागि ती देशहरुले के कस्तो सहयोग गर्न सक्छन् भन्ने विषयका साथै हाल जारी शान्तिवार्ताको प्रक्रियालाई पूर्णता दिन ती देशको भूमिका के हुनेछ भन्ने बारेमा पनि छलफल हुने बताइएको छ ।
विशेषदूत खलिलजादले हालैमात्र दिएको अभिव्यक्तिमा अफगानिस्तानमा शान्तिका लागि जारी प्रक्रिया सकारात्मक रुपमा अघि बढेको बताएका थिए ।
कतारमा हालै भएको तालिबान र अफगान सरकारका प्रतिनिधिसँगको वार्ता सकारात्मक भएको जानकारी उनले हालैमात्र सार्वजनिक गर्नुभएको थियो ।
अफगानिस्तानमा शान्ति स्थापना गर्ने पछिल्लो प्रयासस्वरुप त्यहाँ हिंसात्मक विद्रोह जारी राखेका तालिबानहरुसँग वार्ता भइरहेको छ ।
उक्त प्रक्रियाको नेतृत्व अमेरिकाले गरिरहेको छ । केही समयमात्र अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा वार्ता भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 3 minutes ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 20 minutes ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु
- 26 minutes ago

कञ्चनपुर । कञ्चनपुरमा घर भत्किँदा एक बालिकाको मृत्यु भएको छ । घटनामा परी दुईजना घाइते भएका छन् । बेदकोट नगरपालिका–५ पोखरीमा बुधवार घर भत्किँदा चार महिने बालिका करिश्मा खुनाको ज्यान गएको हो ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।