म्याटीस एकाएक अफगानिस्तान भ्रमणमा
- शुक्रबार, २२ भदौ, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

काबुल । अमेरिकी रक्षामन्त्री जीम म्याटीस युद्धग्रस्त अफगानिस्तानको भ्रमणका क्रममा शुक्रबार पूर्व जानकारी बेगर काबुल पुगेका छन् । अफगानिस्तानका सशस्त्र लडाकू समूह तालिबानलाई वार्तामा ल्याउने प्रयत्न भइरहेको समयमा म्याटीस अफगानिस्तानमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
अफगानिस्तानम रहँदा उनले राष्ट्रपति अस्राफ घानी तथा अफगानिस्तानमा तैनाथ अमेरिकी तथा नेटो सेनाका संयुक्त नयाँ अमेरिकी कमान्डर जनरल स्कट मिलरसँग भेटघाट गर्नेछन् । हालैका महिनामा म्याटीसको यो दोस्रो अफगानिस्तान भ्रमण हो ।
अफगानिस्तानकै सबैभन्दा शक्तिशाली लडाकू समूह तालिबान विरुद्ध अफगानी वा अमेरिकी नेतृत्वको सेनाले गरिरहेको सैनिक कारबाही प्रभावकारी नभएको सर्वत्र महसुस गरिएको छ । अफगानी र अन्य अन्तर्राष्ट्रिय समुदायले अफगान शान्ति प्रक्रियाका बारेमा तालिबानसँग वार्ता र संवादको प्रयास पनि गरिरहेका छन् ।
जुलाईमा कतारमा अमेरिकी अधिकारी र तालिबानका प्रतिनिधिबीच भएका वार्ताहरुले लडाइँमा पूर्णविराम ल्याउने र सम्झौता हुने अपेक्षा बढेको छ । यहि सन्दर्भमा गत महिना राष्ट्रपति घानीले एकतर्फी युद्धविराम घोषणा गरेका थिए ।
अगष्ट २०१७ मा ट्रम्प प्रशासनले अफगानिस्तानमा अमेरिकी सेनाको संख्या बढाउने घोषणा गरेपछि विवाद अझ चुलिएको थियो । तालिबानलाई वार्ताको टेबलमा ल्याउन सँगसँगै नयाँ प्रयत्नहरु पनि जारी छन् ।
तर अफगानिस्तानको शान्ति प्रक्रियामा भइरहेका विलम्बबाट अमेरिकी राष्ट्रपति चिन्तित हुनुहुन्छ । उनले अमेरिकी कूटनीतिज्ञ र अरु अधिकारीहरुलाई वार्ता प्रक्रियालाई तिब्रता दिन आग्रह गरिरहेका छन् ।
तालिबान समूहले अमेरिकासँग सोझो वार्ता गर्नुपर्ने माग लामो समयदेखि गरिरहेका छन् र उनीहरुले अफगान सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएका छन् । तालिबानले अफगान सरकारलाई अबैधानिक मान्दछ ।
अमेरिका र तालिबान प्रतिनिधिबीच यसै महिना अर्को बैठक हुने अनुमानहरु पनि गरिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कर्णालीले विज्ञापन होइन, काम गर्छः मुख्यमन्त्री शाही
- 8 minutes ago

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा
एनआईबिएल एस क्यापिटलले थप गर्यो डिम्याट र मेरो शेयर नविकरण गर्ने समय
- 10 minutes ago

काठमाडौँ। एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा लगानीकर्ताहरुमाझ बैशाख १ गतेदेखि असार १७ गतेसम्म ७९ दिनको लागि नयाँ योजना ल्याएको थियो। यो योजना गत शुक्रबार असार १७ गते समाप्त भएको छ
संसदलाई सम्बोधन गर्दै ओली (भिडियो)
- 18 minutes ago
काठमाडौँ। प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्। ओलीले समसामयिक विषयमा दलको धारणा राख्न थालेका छन्।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।