आफूविरुद्धको महाभियोग प्रस्ताव ‘राजनीतिक खेलको हिस्सा’ भएको पेरुका राष्ट्रपतिको दावी
- सोमबार, १९ मंसिर, २०७९
- 2 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । पेरुका राष्ट्रपति पेड्रो क्यास्टिलोले विपक्षी नेतृत्वको काङ्ग्रेस (संसद)ले पारित गरेको महाभियोग प्रस्ताव आफूविरुद्धको ‘राजनीतिक खेलको हिस्सा’ भएको बताएका छन् ।
पेरूको काजामार्काको उत्तरी क्षेत्रमा मतदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका समय राष्ट्रपति क्यास्टिलोले उक्त टिप्पणी गरेका हुन्।
उनले त्यहीँबाट दक्षिण अमेरिकी राष्ट्र पेरूको नौ क्षेत्रमा भइरहेको दोस्रो चरणको चुनावमा आइतबार मतदान गरेका थिए । क्यास्टिलोले प्रस्तावका बावजुद आफ्नो सरकार ‘बहुसंख्यक नागरिकले गठन गरेको’ र ‘जनचाहनाको रक्षा’ गर्न आवश्यक रहेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले आफ्नो सरकार ‘संवादमा संलग्न हुन, संस्थाहरूको सम्मान गर्दै लोकतान्त्रिक तरिकाले अघिबढ्न’ इच्छुक रहेको पनि बताए । पेरुका राष्ट्रपतिले संसदको पूर्ण अधिवेशनमा सहभागी हुने वा नहुनेबारे पुष्टि गरेका छैनन् ।क्यास्टिलोका वकिल बेन्जी एस्पिनोजाले शनिबार पेरुका राष्ट्रपतिको बहसमा उपस्थिति हुने वा नहुने अझै पुष्टि नभएको तर ‘स्थायी नैतिक अक्षमता’ को कारण महाभियोग प्रस्ताव अघि बढाउन खोजिएको र यो ‘धेरै खुला र अमूर्त’ भएको बताएका छन् ।
पेरुको काङ्ग्रेसले ७३ का विरूद्ध ३२ मतको आधारमा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यहाँको संसदले राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव पारित गर्नका लागि ८७ मतको आवश्यकता हुने संवैधानिक प्रावधान रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 7 minutes ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 19 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 34 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।