मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

फाइल फोटो

पाल्पा । व्यावसायिक मौरीपालनबाट यहाँका किसानको जीवनशैलीमा सुधार आएकोे छ । कम लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने हुँदा मौरीपालन व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने भएपछि पाल्पाका युवाहरु यसतर्फ आकर्षित भएका छन् ।

 

पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाका युवाहरु मौरीपालन व्यवसायबाट गतिलो आम्दानी गर्न सफल बनेका छन् । यहाँका किसान मौरीपालन व्यवसायबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्न सफल भएका हुन् । २५–३० घरपरिवारले व्यावसायिक रुपमा मौरीपालन गरी उत्पादित मह बेचेर परिवारका लागि चाहिने खर्च जुटाउन सफल बनेको स्थानीयवासी डोलबहादुर विश्वकर्माले बताए ।

 

स्थानीयवासी दयाराम पाण्डेयले १८÷२० वटा मौरीका घारमा व्यावसायिक रुपमा नै मह उत्पादन गर्दै आएका छन् । उनको घरलाई मौरीका घारले घेरिएका छन् । एउटा घारबाट शुरु गरेको मौरीपालन व्यवसायबाट प्राप्त आम्दानीले अहिले उनलाई दुई–चार हजार रुपैयाँका लागि अरूको भर पर्नु पर्दैन । मौरीपालन व्यवसायबाट नै वार्षिक तीन लाखको हाराहारीमा मह बेचेर आम्दानी हुने गरेको उनले बताए ।

 

परिवारका लागि चाहिने खर्च महले जुटाउन थालेपछि पाण्डेय परिवार खुशी छन् । एकपटकमा ४० देखि ५० मानासम्म रस उत्पादन हुन्छ । यस्तै स्थानीयवासी दामोदर अधिकारीको पनि छ घारमा रहेको मौरीबाट वार्षिक पचास हजारदेखि एक लाखसम्म आम्दानी हुने गर्छ । यही मौरीपालन व्यवसायबाट पनि उनी प्रशस्त आम्दानी गर्छन् । पशुपालन तथा खेतीपातीसँगै उनले मौरीपालन व्यवसायमा हात हाले ।

 

पूर्वखोला गाउँपालिका क्षेत्रभित्र व्यावसायिक रुपमा मौरीपालन व्यवसायप्रति किसान आकर्षित हुँदै आएको छ । गाउँपालिकाले गत वर्ष प्रत्येक वडाका किसानलाई मौरीसहितका घार र घारमात्र अनुदानमा वितरण गरिएको हो । मौरीसहितको घारलाई सात हजारमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । 

 

गाउँपालिकाले मौरीपालन व्यवसायप्रति किसानलाई आकर्षित गर्नका लागि ४० गोला मौरीसहित घार र ६० थान खाली घार वितरण गरिएको कृषि शाखाप्रमुख सन्तोष कँडेलले बताउनुभयो । गाउँपालिकाभित्रका परम्परागत मौरीपालन गर्ने किसानलाई अनुदानमार्फत आधुनिक रुपमा मौरीपालन व्यवसायप्रति आकर्षित गरी आत्मनिर्भर बनाउन थालिएको गाउँपालिका कृषि शाखा प्रमुख कँडेलको भनाइ छ ।

 

चालु आवमा पूर्वखोला गाउँपालिकाले गोला मौरीसहित ८० थान आधुनिक घार वितरण गर्ने योजनामा छ । गाउँपालिका क्षेत्रभित्र हाल तीन सय किलो मह उत्पादन हुँदै आएको कृषि शाखाप्रमुख कँडेलले बताए । उनका अनुसार मह उत्पादन वृद्धिसँगै स्थानीयवासीको आम्दानीमा समेत वृद्धि भएको छ । 

 

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले मौरी स्रोत केन्द्र प्रवद्र्धनका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताए । उनले मौरी स्रोत केन्द्रलाई व्यवस्थित गर्नका लागि आवश्यकता अनुसारका औजार तथा उपकरण सहयोग गर्ने कार्यक्रम रहेको बताए । आधुनिक मौरीका घारमा मौरीपालन गर्ने चलन बढ्दो छ । पाल्पाको तानसेन नगरपालिकाको मदनपोखरा, बगनासकाली गाउँपालिकाको चापपानी बराङदी, रिब्दीकोट गाउँपालिकाको ठिमुरे, माथागढी गाउँपालिका लगायतका स्थानीय तहमा ठूलो मात्रामा मह उत्पादन हुँदै आएको छ ।

 

चैत, जेठ, असार, साउन, कात्तिक र मङ्सिर महिनामा मह बढी उत्पादन हुन्छ । असोजदेखि मङ्सिरको पहिलो हप्तामा मह निकाल्न सकिने व्यवसायीहरुको भनाइ छ । जङ्गलमा फूल फुलेपछि मौरीले रस ल्याउँछन् । तोरी, दालचिनी, चिउरी लगायतका फलफूल फुलेपछि मौरीले मह हाल्ने गर्दछन् । मौरीलाई रातिमा वन्यजन्तुबाट जोगाउनुपर्छ र दिनमा कीरा तथा अरिङ्गालबाट जोगाउन सकेको अवस्थामा राम्रो आम्दानी हुन्छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

क्यानको बोर्ड बैठक चितवनमा बस्ने

  • 25 seconds ago
क्यानको बोर्ड बैठक चितवनमा बस्ने

लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक बस्न लागेको हो । बैठकका लागि देशका विभिन्न जिल्लाबाट पदाधिकारी तथा सदस्य चितवन आइसकेका छन् ।

मन्त्रिपरिषद् बैठक बस्दै

  • 10 minutes ago
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे ९ बजेपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । आजको बैठकमा राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय

लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

  • 43 minutes ago
लमजुङमा चट्याङ लागेर एक जनाको मृत्यु

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।