वर्षात् हुँदा किसान खुशी, कर्णालीमा राेपाइँकाे सुरसार

सुर्खेत । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका कर्णालीका किसान गएरातिदेखि निरन्तर वर्षा हुँदा खेतबारीमा व्यस्त हुन थालेका छन् ।

 

गत वर्ष यतिबेला कर्णालीका अधिकांश किसानले रोपाइँ सकिसकेका थिए । यस वर्ष पानी नपर्दा सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले अझै पनि धानको ब्याडसमेत राख्न पाएका छैनन् ।

 

आकाशे पानीको भर परेका सुर्खेतका किसान रोपाइँका लागि ब्याड राख्ने तयारीमा जुटेका छन् । सुर्खेत कर्णाली प्रदेशमै बढी धान उत्पादन हुने जिल्ला हो । यहाँ ५४ हजार १५२ मेट्रिकटन धान उत्पादन हुने तथ्याङ्क छ ।

 

कर्णालीमा सबैभन्दा बढी जुम्लामा ९० प्रतिशत रोपाइँ सकिएको छ । हिमाली क्षेत्र भएकाले जुम्लामा चैतबाटै धान रोप्न शुरु हुन्छ । अन्य जिल्लामा रोपाइँ अझै सुरु हुनसकेको छैन । 

 

कृषि निर्देशनालयका अनुसार सिँचाइ सुविधा नभएका क्षेत्रका किसानले बीउ राख्न पाएका छैनन् । खोलाका आसपास र सिचाइँ हुने जमीनमा मात्र रोपाइँ सम्पन्न भएका हुन् । 

 

कृषि निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख टेकबहादुर शाहीले केही उच्च पहाडी जिल्लाको तुलनामा सुर्खेतमा ढिला गरी वर्षा शुरु भएको बताए । ‘आकाशे पानीको भर पर्ने किसानले अब ब्याड राख्न शुरु गर्दैछन्’, उनले भने, ‘गत वर्ष जेठ दोस्रो साता नै खेत जोतिसकेका थिए, यही समयमा ५० प्रतिशत रोपाइँ भइसकेको थियो ।’ 

 

यस वर्ष ढिला रोपाइँ शुरु हुँदा उत्पादनमा ह्रास आउन सक्ने उनको अनुमान छ । कर्णाली प्रदेशमा सिँचाइयोग्य ६८ हजार ३३५ हेक्टरमध्ये २६ प्रतिशत मात्र खेतीयोग्य जमीन छ । खडेरीका कारण कर्णालीका सात प्रतिशत किसानले मात्र बीउ राख्न पाएको निर्देशनालयले जनाएको छ । (रासस)


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

  • 4 hours ago
विद्यार्थीकोे भेलामा अष्टलक्ष्मी शाक्यले के भनिन् ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टी र सरकार ठप्पै भएको आरोप लगाएकी छिन् । शुक्रबार दिउँसो थ

परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

  • 5 hours ago
परराष्ट्र मन्त्री ज्ञवालीकी धर्मपत्नीको कवितासंग्रह सार्वजनिक

काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ । कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उता

‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

  • 5 hours ago
‘कान्छी मट्याङ् ट्याङ्’को भिडियो सार्वजनिक

काठमाडौँ । ‘कान्छी मट्याङ् ट्याङ्’को बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीतमा तयार भएको गीतमा किरण भुजेल र एलिना चौहानको युगल स्वर छ।



जीवनशैली

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

यस्ता बानीले अनिन्द्राको समस्या बढाउँछ

काठमाडौँ । प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन । दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।