यसै महिना सार्वजनिक हुनसक्छ एप्पल एयरपडस् प्रो !

  • शनिबार, २ कार्तिक, २०७६
  • 1 year ago
  • अर्थ

अमेरिकी टेक कम्पनी एप्पलले सेप्टेम्बरमा नयाँ आइफोन ११, आइफोन ११ प्रो सार्वजनिक गरिसकेको छ । अब कम्पनीले यसै महिना एयरपडस् प्रो पनि सार्वजनिक गर्न सक्नेछ । केही दिनयता लगातार नयाँ डिजाइनका एयरपडस्का तस्वीरहरु लिक भइरहेका छन् । त्यस्तै रेन्डरलाई इन्टरनेटमा सेयर पनि गर्दै आएको छ । 

 

ब्लुमबर्गको एक रिपोर्ट अनुसार नयाँ एयरपडस् यसै वर्ष सार्वजनिक हुनेछ । त्यस्तै केही समयपछि ब्लुमबर्गले अर्को वर्ष सार्वजनिक गरिने कुरा पनि उल्लेख गरेको छ ।

 

तर, यता चाइना इकोनोमिक डेलीको एक रिपोर्टमा एप्पलले यसै महिना एयरपडस् प्रोलाई सार्वजनिक गर्ने उल्लेख गरेको छ । रिपोर्टका अनुसार एयरपडस् प्रोमा नोइज क्यान्सिलिङ फिचर दिइनेछ । डिजाइनमा पनि पूरै परिवर्तन गरिनेछ । 

 

यस पटक मेटलको डिजाइन राखिएको छ । कम्पनीले यस एयरपडस्को मूल्य २६० डलर तोक्न सक्नेछ । यो इयरपडस् वाटर रेसिस्टेन्स हो या होइन भन्ने विषयमा केही पनि उल्लेख गरेको छैन ।

 

एप्पलले यो वर्ष अन्य प्रोडक्टहरु पनि सार्वजनिक गर्ने बताइएको छ । जहाँ २०१९ आइप्याड, म्याक प्रो र १६ इन्चका नयाँ म्याकबुक प्रो रहेका छन् । तर, यो विषयमा अहिलेसम्म आधिकारिक जानकारी भने गरेको छैन ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

अध्यक्ष कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

  • 20 minutes ago
अध्यक्ष  कमल थापा ॐ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुध

भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

  • 23 minutes ago
भक्तपुरमा प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।