मन्त्री अधिकारीको आर्शिवादले विमानस्थल तस्करको अखडा बन्ने खतरा !
- बिहीबार, २१ आषाढ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्कर र गैरकानूनी काम गर्ने गिरोहको अखडा बन्ने खतरा बढेको छ ।
व्यापारीका रुपमा विमानस्थ प्रवेश गर्नेहरु गैरकानूनी र सम्झौता विपरितका काम गर्न मात्र लालायित हुन्छन् ? अनि तिनै गलत धन्दामा रमाइरहेका कथित व्यापारीहरुलाई नै पर्यटन मन्त्री रविन्द्र अधिकारी देखि महानिर्देशक संजिव गौतमसम्मको संरक्षण र आशिर्वाद किन रहन्छ ? अहिले विमानस्थल भित्रका कर्मचारीहरुले बारम्बार सोधिरहने प्रश्न हो यो ।
राष्ट्रिय सुरक्षादेखि विदेशीले नेपालप्रतिको धारणा बनाउने समवेदनशील स्थान एयरपोर्टमा पानी बेच्ने स्वीकृति लिएर रक्सी, चिसो पेय पदार्थको अनुमति लिएर केक र बेकरी आइटमका नाममा प्याकिंग गरिएका खाद्य सामग्रीका कारोबार दिनहुँ भइरहेको छ । केही वर्षअघि प्याक गरिएको खाद्य सामग्रीको सेवा पु¥याउने नाममा होटल एभरेष्टका मालिक मशकुर अहमद लारीले जर्मन एयरपोर्टमा सयौं केजी चरेश झारेका थिए । अहिले पनि एयरपोर्टमा बेच्न नपाइने भनी प्रष्ट उल्लेख गरिएका खाद्य सामग्रीहरुको प्याकका पोकाहरु बनाएर व्यापारी सुवास श्रेष्ठले दैनिक कारोबार गरिरहेका छन् ।
सुन तस्करी, गलत धन्दाहरु र मानिसको समेत तस्करीका घटना बारम्बार सार्वजनिक भइरहँदा पनि नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको संरक्षणका कारण श्रेष्ठले गर्ने गलत कार्यका बारेमा अनुगमन हुन सकेको छैन । प्रहरीसँगको मिलोमतोकै कारण उनले खाद्य सामग्रीका नाममा भित्र्याउने कुनैपनि प्याकिङ्गहरुको जाँच हुने गरेको छैन ।
बरु सुरक्षा र कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीसहित खटिएका तिनै प्रहरीहरु फुर्सद मिलाएर श्रेष्ठकै कफी पसलमा झुम्मिइरहेका हुन्छन् । एक÷दुई कप कफीमा भुलाएर सारा काम तमाम गरिरहेका श्रेष्ठले ड्युटीमा खटिएका र उनको पसलमा जाने सबै प्रहरीहरुलाई पद अनुसारको मान पु¥याइरहेकै छन् । प्रहरीहरुले पनि अध्यागमनबाट अघि बढेका यात्रुहरुलाई बिश्राम गर्न नदिई विमान जानेबेला भयो, अन्तिम सुरक्षा जाँज गरी उतै गएर बिश्राम गरी बस्नुस भनी श्रेष्ठको पसल रहेको स्टेराइल कक्षमा सम्झाएको झै गरी पठाउने गरेका छन् ।
त्यहाँ पुगेपछि धेरै बेर कुर्नुपर्ने बाध्यताका कारण अधिकांश यात्रुहरुले चिया, कफी वा चिसो पेय लिने गर्दछन् । जम्मा लगानी ३० रुपैयाँ पर्ने कफी प्रहरीलाई खुवाएर तिनै प्रंहरीबाट प्रतिक्षा कक्षमा पु¥याइएका यात्रुलाई भने श्रेष्ठले ३ सय रुपैयाँमा बेची दिनदहाडै लुटिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको प्रस्थानतर्फ जहाँबाट यात्रुहरु सबै सुरक्षा जाँच सिध्याएर उड्नका लागि प्रतिक्षारत हुन्छन्, त्यहिं नै व्यापारी श्रेष्ठले सम्झौता विपरितका प्याक गरिएका खाद्य सामग्रीका नाममा पोकाहरु पु¥याइरहेका हुन्छन् ।
ती पोकाहरु जो कोही यात्रुसम्म पनि सहजै पहुँच हुने र विमानमा प्रस्थान गर्दा पु¥याउन सकिने भएकाले सुरक्षा चुनौती थपिएको बिमान कम्पनीमा कार्यरत एक कर्मचारी बताउँछन् । श्रेष्ठका सम्झौता विपरितका यस्ता कार्यका बारेमा नागरिक उड्डयन प्राधिकरण देखि विमानस्थल प्रशासनमा परेका अनगिन्ति उजुरीप्रति व्यवस्थापनकै कुनै पनि कारबाही प्रक्रिया आगाडि बढाउन सकेको छैन । आजको युनाइटेड पोष्टबाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सुनको मूल्य बढ्यो
- 7 minutes ago

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 13 minutes ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 33 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।