अन्ततः अन्तिम समयमा मुकेश अम्बानीले अनिल अम्बानीलाई जेल जानबाट यसरी जोगाए
- मंगलबार, ५ चैत, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।
अदालतले आदेश दिए पनि उनी भुक्तानी दिन सकिरहेका थिएनन् । उनी जेल जाने लगभग निश्चित भइसकेको थियो । तर, महत्वपुर्ण समयमा मुकेश अम्बानीले भाईलाई जोगाएका छन् । उक्त बक्यौता रकम तिरिदिएकोमा मुकेश अम्बानी र भाउजु निता अम्बानीप्रति सम्मान व्यक्त गर्दै उनले एउटा बयान नै जारी गरेका छन् बयानमा उनले भनेका छन्,‘मुश्किल समयमा मलाई आफ्नो परिवारबाट मदत मिलेको छ । यसले हाम्रो परिवारको मुल्य मान्यता बलियो भएको प्रष्ट देखाएको छ ।जतिबेला मलाई सबैभन्दा धेरै मदतको आवश्यकता थियो त्यति बेला मेरो परिवारले मलाई साथ दियो ।’
एक समय थियो जब यी दुई दाजुभाईको सम्बन्ध खासै राम्रो थिएन । एकआपसलाई प्रतिद्वन्द्वीका रुपमा हेरे । अनिलले भनेका छन्,‘म र मेरो परिवार यस कुराका लागि अति नै आभारी रहेको छ । अतितबाट बाहिर आउन सकेका छौँ । यस मदतका लागि दिलैबाट आभार व्यक्त गछौँ ।’
अनिल अम्बानीले गएको साल नै व्यक्तिगत रुपमा वचन दिएका थिए कि एक वर्षभित्र इरिकसनको पैसा फिर्ता दिनेछन् । सोमबार रिलायन्स कम्युनिकेशनबाट ६.७ अरब डलर रकम मिलेको स्वीडेनको टेलिकम ग्रुप इरिकसनले बताएको छ ।
भारतमा कर्पोरेट इतिहासमा अनिल अम्बानी एकाएक चौपट हुनुमा नाटकिय घटना भएको मानिन्छ । सन् २००८ मा उनी रिलायन्स कम्युनिकेशनका साथ विश्वकै धनी व्यक्तिको आठौँ स्थानमा रहेका थिए । रिलायन्स कम्पनी एसियाकै राम्रो टेलिकम कम्पनीका रुपमा मानिन्थ्यो । तर, सन् २०१० पछि अन्य टेलिकम कम्पनीसँग अनिलको कम्पनीले प्रतिस्पर्धा गर्न सकेन । उनलाई करोडौँ डलरको ऋणमा डुब्न पुग्यो । उनको दाइको टेलिकम कम्पनी जियोले उनलाई ठुलै धक्का हान्यो ।
अनिल अम्बानी भारतका दोस्रा उद्योगपति हुन् जसलाई अदालतले दोषी ठहराएको थियो । पहिलो उद्योगपछि सहारा ग्रुप अफका अध्यक्ष स्रुवत राय थिए जसलाई अदालतले दोषी भएको ठहराएको थियो ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
एक हप्ता नबित्दै वामदेव गौतम पार्टीबाट निष्कासित
- 7 hours ago

काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा एकता राष्ट्रिय अभियान पार्टीबाट निष्कासित भएका छन् । असार १४ गते मंगलबार घोषणा भएको पार्टीमा आबद्ध चार दलले पार्टी संयोज
बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छः मन्त्री भुसाल
- 9 hours ago

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युत्को
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने
- 9 hours ago

एजेन्सी । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।