Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकामु प्रधानसेनापतिको जिम्मेवारी अशोक सिग्देललाई

कामु प्रधानसेनापतिको जिम्मेवारी अशोक सिग्देललाई


काठमाडौँ । वरिष्ठ रथी अशोकराज सिग्देलले नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी पाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रधान सेनापति प्रभुराम शर्मो २४ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् । नेपाली सेनामा आफ्नो कार्यकाल सकिनु एक महिना अगावै बिदामा जाने प्रचलन छ ।

त्यसअनुसार शर्माले साउन २५ गतेदेखिको बिदा माग गरेका थिए। रक्षा मन्त्रालयले उनको बिदा पनि स्वीकृत गरिसकेको छ । शर्माको बिदा स्वीकृत भएसँगै मन्त्रालयले सिग्देललाई कायममुकायम प्रधान सेनापति बनाउने प्रस्ताव गरिएको थियो।

सैनिक ऐन, २०६३ अनुसार प्रधानसेनापतिले ६१ वर्षको उमेरसम्म आफ्नो पदमा बहाल रहनसक्नेछन्। त्यस्तै प्रधान सेनापतिको पदावधि तीन वर्षको हुने उल्लेख छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT