अब राजदूत बन्न यस्ता योग्यता चाहिने
- सोमबार, आषाढ, २०७५
- 4 years ago
- समाचार

काठमाडौं । सरकारले स्नातक उतीर्ण तथा विदेशी राष्ट्रको कुटनीतिक लाभको पदमा नियुक्ति नपाएको व्यक्ति राजदूतका लागि योग्य हुने मापदण्ड तय गरेको छ । पहुँचवालालाई राजदूत नियुक्ति गरिँदा मुलुकको कुटनीतिक सम्बन्ध कमजोर बनेको विश्लेषण गरी सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड तयार पारेको हो । परराष्ट्र मन्त्रालयले तयार पारेको राजदूत नियुक्तिको निर्देशकालाई मन्त्रिपरिषद्ले पारित गरिसकेको छ ।
मित्रराष्ट्रहरूले लाभको पदमा नियुक्ति गरेका नेपाली अवकाश पाएको १० वर्ष पछि मात्रै राजदूत बन्न योग्य मानिने छन् । राजदूत नियुक्तिका लागि सरकारले सम्भावित उम्मेदवारको सूची तयार पारी प्रारम्भिक नाम छनोट गर्न सक्ने मापदण्डको व्यवस्था छ । कुनै पनि मुलुकमा राजदूत पद रिक्त हुनु तीन महिना अघिदेखि नै नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने मापदण्डले स्पष्ट पारेको छ ।
परराष्ट्र सेवाका ५० प्रतिशत र राजनीतिबाट ५० प्रतिशत हिस्सामा राजदूत नियुक्ति गरिने मापदण्ड छ । यसअघि परराष्ट्र सेवाका लागि छुट्टयाइएको ५० प्रतिशतमा परराष्ट्र बाहेकबाट पनि हिस्सा खोजिँदा समस्या आएको परराष्ट्रको बुझाइ छ । मन्त्रिपरिषदले पारित गरेको निर्देशिकाले अब भने परराष्ट्रबाटै ५० प्रतिशतको हिस्सेदारीमा राजदूत नियुक्ति हुनेछन् ।
मापदण्ड अनुसार राजदूतको पदावधि नियोगमा हाजिर भएको मितिले चार वर्ष हुने छ । सरकारले आवश्यक ठानेमा मात्रै पदावधि थप हुने छ । पदावधि पूरा हुनु अगावै राजदूतलाई सरकारले फिर्ता बोलाउन सक्ने प्रावधानलाई निर्देशिकामा समेटिएको छ । यो प्रावधानले पूर्ववर्ती सरकारका नियुक्तिलाई खारेज गरी फिर्ता बोलाउन सक्नेछ ।
अहिले भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स र संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधिमा प्रतिनिधि रिक्त छन् । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा गरिएको राजदूत नियुक्ति विवादित बनेपछि सरकारले राजदूत नियुक्तिको मापदण्ड बनाएको हो । राजदूतमा सिफारिश भइ संसदीय सुनुवाईबाट अनुमोदन भए पनि ६ महिनासम्म ती व्यक्तिका नाममा एग्रिमो नआए अर्को उम्मेदवार सिफारिस गरिने निर्देशिकाले स्पष्ट व् व्यवस्था गरेको छ ।
राजदूतका योग्यता
- न्यूनतम ३५ वर्ष
- कम्तीमा स्नातक उपाधि
- सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरी बर्खास्त नभएको
- विदेशको स्थायी/अस्थायी आवासीय अनुमति पत्र वा सुविधा प्राप्त नगरेको
- फौजदारी कसुरमा सजाय नपाएको
- परराष्ट्र नीति र अन्तर्राष्ट्रिय आयाम बुझेको
- आफूले गर्नुपर्ने कामका बारेमा ज्ञान भएको
- अंग्रेजी भाषामा राम्रो दखल
- नियुक्त हुने मुलुकको हित बाझिने अवस्था नरहेको
- उच्च नैतिक चरित्र भएको तथा कालो सूचीमा नपरेको
- भियना महासन्धिका व्यवस्था एवं अभ्यासमा जानकार । आजको अन्नपूर्ण पोस्ट्बाट ।।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
- 2 minutes ago

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको सुधारका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठल
शिला उपहारको अवसर जुट्नु सौभाग्यः मुख्यमन्त्री अधिकारी
- 10 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
- 16 minutes ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।