अमेरिकासँगको वार्ताबाट व्यापार विवाद समाधानका लागि आधार तयार
- बिहीबार, २६ पुष, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

बेइजिङ, चीन । बेइजिङमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको व्यापार वार्ताले व्यापार विवाद समाधानका लागि आधार तय गरेको चीनले बिहीबार जनाएको छ ।
लामो समयदेसखि जारी व्यापार विवादबारे वार्ता गर्न अमेरिकी प्रतिनिधिमण्डल सोमबार चीन आएको थियो । उक्त टोली बुधबार अमेरिकाका लागि प्रस्थान गरिसकेको छ ।
गत डिसेम्बर १ मा जी–ट्वान्टी सम्मेलनको अवसरमा अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच ९० दिन व्यापार विवादलाई नबढाउने र समस्या समाधान प्रयास गर्ने सहमति भएपछि यसैलाई पछ्याउँदै अमेरिकी प्रतिनिधिमण्डल चीन आएको हो ।
बुधबार समाप्त भएको वार्तामा दुवै पक्षले आगामी मार्चपूर्व व्यापार विवाद अन्त्य गर्न सम्झौता गर्ने र थप करवृद्धिलाई रोक्ने बिषयमा पलाएको आशासँगै उक्त दिन विश्व शेयर बजारमा वृद्धि देखिएको छ । यद्यपि एशियाली स्टक बजारमा बिहीबार पनि प्राय गिरावट नै देखिएको छ ।
चिनियाँ बाणिज्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “वार्तामा चीन र अमेरिकी वार्ता टोलीले ‘सविस्तार,गहिराइमा पुगेर र सावधानीपूर्व’ विचारहरूको आदान प्रदान गरेका छन् । जसले आपसी समझदारीलाई बढाएको छ र आपसी चासोका बिषयलाई समाधान गर्नका लागि आधार तयार बनेको छ ।”
“दुवै पक्षले निकट सम्बन्धलाई स्थापित गर्दै अघि बढ्ने बिषयमा सहमति भएको छ ।”
वार्तामा अमेरिकी पक्षले आफ्ना प्रबिधि र बौद्धिक सम्पत्तीको बलजफ्ती रूपान्तरण र चोरी गरेको साथै चिनियाँ कम्पनीलाई अधिक सरकारी अनुदान दिएर अमेरिकी उत्पादनलाई धारासायी पार्ने प्रवृतिलाई रोक्न माग गरेको छ ।
यसबारे भएको प्रगतिबारे सोधिएको प्रश्नमा चीनका बाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले भने, “वार्तामा संरचनागत बिषयलाई केन्द्रित गरिएको छ ।”
बेइजिङ वार्तामा सहभागी अमेरिकी व्यापार तथा कृषि मामिला उपमन्त्री टेड म्याककीन्नीले भन्नुभयो, “वार्ता निकै सकारात्मक भएको छ ।”
यसअघि मङ्गलबार नै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै चीनमा जारी व्यापार वार्ता निकै राम्रोसँग अघि बढेको बताएका थिए ।
अमेरिकाले व्यापार असन्तुलन बढेकाले ट्रम्प प्रशासनले बेइजिङमाथि बढीभन्दा बढी अमेरिकी सामान खरिद गर्न दबाब दिएको र चिनियाँ बजार विदेशी कम्पनीका लागि सहज बनाउन आग्रह गरेको छ ।
अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसले अमेरिकी टेलिभिजन सीएनबीसीलाई बुधबार दिएको अन्तर्वार्तामा दुबै मुलुकबीच सम्झौता हुने प्रबल सम्भावना रहेको बताएका थिए ।
“व्यापार युद्धबाट अमेरिकीभन्दा चिनियाँ अर्थतन्त्रलाई बढी नोक्सान हुनेछ । चीनले अरु मुलुकको भन्दा बढी सामान संयुक्तराज्य अमेरिकामै बिक्री गर्दछ । ”
“मेरो विचारमा सम्झौता हुन्छ र मैले निकै उत्साहजनक कुरा सुनिरहेको छु,” एप्पल कम्पनीका प्रमुख कार्यकारी टीम कूकले पनि वार्ताबाट सकारात्मक निकास आउनेमा विश्वास व्यक्त गरे । “मैले अमेरिकी प्रशासनका तर्फबाट बोलिरहेको छैन तर मैले मेरा धारणा अमेरिकी प्रशासनलाई बताउने गरेको छु ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे
- 32 minutes ago

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो ।
बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा
- 40 minutes ago

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो ।
तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने
- 43 minutes ago

काठमाडौँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।