अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ता

Norvic Hospital

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ  । उनीहरुका बीचमा सात महिनापछि बिहीबार पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

 

बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उनीहरुबीच यो दोस्रो पटक वार्ता भएको हो । यसअघि उहाँहरुबीच बाइडेन निर्वाचित भएलगत्तै पहिलो पटक कुराकानी भएको थियो । झण्डै ९० मिनेटको टेलिफोन संवाद आपसीसम्बन्ध सुधार र अस्पष्टता न्यूनीकरणमा केन्द्रीत भएको ह्वाइट हाउसले जनाएको छ ।  

 

अहिले भएको कुराकानीका क्रममा उनीहरुले आपसी द्वन्द्वन्यूनीकरण गर्दै अन्तर्राष्ट्रिय मामिलामा मिलेर काम गर्ने बारेमा छलफल गरेको बताइएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले सम्बन्ध सुदृढिकरणका लागि अमेरिकासँग आग्रह गरेको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ 

 

उनले दुवै देशका नागरिकको हित र आपसी हितका लागि पनि चीन र अमेरिकाको सम्बन्ध सही दिशामा हुनुपर्नेमा जोड दिएका थिए । दुई देशले आपसमा अझ बढी जिम्मेवार महसुस गर्दै विगतमा जस्तै सही दिशामा सम्बन्ध विस्तार गर्नका लागि जिम्मेवार ढङ्गले लाग्न र आपसी समझदारी र समन्वयका साथ अघि बढ्नुपर्ने चिनियाँ राष्ट्रपति जिनपिङले बताएका छन् ।

 

ह्वाइट हाउस र बेइजिङ्काबीचमा कतिपय गलत बुझाइ, भ्रम र अस्पष्टता रहेकाले खुलेर छलफल गर्दै एक अर्काबीचको अस्पष्टतालाई न्यूनीकरण गर्नुपर्नेमा समेत उहाँहरुले कुराकानी गर्नुभएको थियो । कतिपय गम्भीर मत भिन्नताका बीचमा पनि नयाँ शिराबाट आसपी सम्बन्धलाई अगाडि बढाउनुपर्ने कुरामा चिनियाँ राष्ट्रपति सिले जोड दिएका थिए ।

 

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार र शैलीकै आधारमा अमेरिकाको नयाँ सरकारलाई पनि हेर्न नहुनेमा अमेरिकी पक्षको जोड दिए ।  ट्रम्पको कार्याकालमा चीनसँग अमेरिकाको सम्बन्ध नराम्रोसँग बिग्रिएको थियो । विश्वका पहिलो र दोस्रो शक्तिशाली राष्ट्र मानिने अमेरिका र चीनबीचको द्वन्द्वले विश्वलाई नै चिन्तित बनाएको थियो । तर पछि द्वन्द्व मत्थर भए पनि सम्बन्ध सुधार भने भएको थिएन । 

 

दुई समकक्षीबीचको अहिलेको वार्ताले अमेरिका र चीनबीचको सम्बन्ध सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । उनीहरुका बीचमा आपसीसम्बन्ध सुधारसँगै व्यापार, गुप्तचरी, महामारीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । अमेरिकाले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञासमेत दिएकाले पनि अमेरिका र चीनका बीचमा सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि वाइडेन सरकार र चिनियाँ पक्षले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए ।

 

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए भने अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको टिप्पणी गरेको थियो । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा ठूलै मतभेद रहेका छन् । सबैभन्दा बढी मतभेद मानवाधिकार र लोकतन्त्रको विषयमा रहेको प्रष्टै देखिन्छ । 

 

त्यसैगरी व्यापारको विषयमा पनि अमेरिका र चीनका बीचमा ठूलो विवाद रहेको  छ । डोनाल्ड ट्रम्पको कार्यकालमा त दुई देशबीच व्यापारयुद्ध नै चलेको थियो । त्यो युद्ध अहिले युद्धकै अवस्थामा नरहेपनि विवादको प्रमुख विषय भने बनेकै छ । अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो भने प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइ दिएको थियो । 

 

त्यसैगरी बाइडेनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागू गरेका कडाइ हटाएका छैनन् भने चीन अझै अमेरिकासँग असन्तुष्ट छ । दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ । बिहीबारको फोन वार्तामा अमेरिकाले चीनविरुद्ध लागू गरेका कडाइ हटाउने र अफगानिस्तानको विषयलाई लिएर एक अर्काको विरुद्धमा नलाग्ने बारेमा समेत छलफल भएको जनाइएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।