अमेरिकाले इरानसँग जानीजानी जोरी खोज्नुका मुख्य रहस्यहरु

Norvic Hospital

एजेन्सी । इरानको तेल आयातलाई ध्वस्त पार्न र आर्थिक रुपमा लाचार बनाउन अमेरिका लागि परेको छ । गएको नोभेम्बरमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको थियो । 

 

सन् २०१९ को मे २ सम्म चीन, जापान, भारत, इटाली, टर्की, दक्षिण कोरिया, ताईवान, युनानलाई दिइएको थियो । उक्त समय अब सकिएको छ । अब यी देशहरुले इरानसँग तेल लिन पाउने छैनन् । यदी लिएमा अमेरिकाबाट व्यापारिक प्रतिबन्धको सामना गर्नुपर्नेछ । 

 

अमेरिकाका गृह सचिव माइक पोम्पियोले भनेका थिए,‘अब छुट दिएको समय सकिएको छ । हामी इरानको तेल आयातलाई ठप्प पारिदिन्छौँ ।’ 

 

इरानको अर्थव्यवस्था तेलमा निर्भर रहेको छ । पहिला पनि अमेरिकाले इरानलाई विभिन्न बाहनामा प्रतिबन्ध लगाउँदै आइरहेको थियो । प्रतिबन्ध लगाउनुको एकमात्र कारण इरानको परमाणु कार्यक्रमलाई बन्द गराउनु हो । अमेरिकाले इरानसामु १२ वटा सर्त राखेको थियो । जसमा परमाणु कार्यक्रम निरिक्षण, परिष्कृत युरेनियममा प्रतिबन्ध लगाउनु, परमाणु मिसाइलमा प्रतिबन्ध लगाउनु, सिरियाको मुद्धामा दख्खल नदिनु र हिजबूलला तथा हमासलाई समर्थन नगर्नु रहेको छ । 

 

पहिला पनि इरानमा आयतुल्लाह खामेनईको शासन सक्काउन ठुलाठुला कोशिस भएका थिए । तर, इरानलाई चीन र रुसको साथ थियो । जसका कारण इरानलाई खासै फरक परेन । तर, यसपटक इरानलाई कठिन हुने अनुमान गरिएको छ  । प्रतिबन्धका कारण महँगाई बढ्ने र जनतामा इरानी शासकप्रति असन्तुष्टि बढ्ने सम्भावना बलियो रहेको छ ।

 

इरानको अर्थव्यवस्थामा गएको साल ६ प्रतिशतले कमी आएको थियो । डलरको तुलनामा रियाल धेरै तल पुगेको थियो । इरानको यो प्रतिबन्धको पछाडि साउदी अरब र इजरायलको ठुलो हात रहेको बताइन्छ । फिलिस्तीनको मुद्धामा इरान सरकारद्वारा हमास, हिजबुल्लाह र अन्य संगठनलाइए समर्थन गरेका कारण इजरायल रिसाउँदै आइराखेको छ । 

 

इरानी नेताहरुले कैयौँपटक इजरायललाई विश्वमानचित्रबाट हटाइदिने धम्की पनि दिदै आइरहेका थिए । इजरायल समर्थक अमेरिकासँग लामोदेखि देखि सम्बन्धबिस्तार गर्दै आइरहेका थिए । उनीहरुले दिएको समर्थनका कारण पनि इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहज भएको हो । अर्को कारण साउदी अरेबिया । साउदी अरब र इरानबीच शत्रुता रहेको छ । यसको कारण साम्प्रदायिक र नस्ली दुवै रहेका छन् । इरानमा शिया मुस्लिम सम्प्रदायको बाहुल्यता बढी छ भने साउदी अरबमा सुन्नियोको बाहुल्यता बढी छ । साउदी अरब अरबाँेको देश हो भने इरान आर्य बंशको । 

 

त्यस्तै मिडल इस्ट र इस्लामिक वल्र्डमा लिडरका लागि पनि संघर्ष चल्दै आइरहेको छ । यस मुद्धामा पनि साउदी अरबमाथि इरान भारी देखिएको छ । इरान एक क्षेत्रिय शक्ति हो । इराकसँग १० वर्ष लडिसकेको छ । इरानमा धार्मिक शासन छ । साउदीमा भने राजशाही । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भयो तब साउदी अरबले उक्त क्रान्तिदेखि डराएको थियो । उक्त क्रान्ति  ध्वस्त पार्न ठुलो रकम साउदीले फण्डिङ गरेको थियो । जसका कारण पाकिस्तान, अफगानिस्तानमा ठुलो संख्यामा अतिवादीको जन्म हुन पुग्यो जसका कारण एशियामा ठुलो आतंक मच्चिन थाल्यो । 

 

साउदीलाई डर थियो कि इरानको क्रान्तिले कतै शाही शासन त जाने होइन । यही आरोपका कारण सद्धाम हुुसेनलाई ४० अर्ब डलर दिएर इरानसँग युद्धमा भुलाउने काम साउदी अरबले गरेको थियो । अमेरिकाले इरानी सेनाको दस्तालाई इस्लामिक रेबोल्युशनरी गार्डसलाई आतंकवादी संगठन घोषित गरिदिएको  थियाे । यो घोषणापछि अमेरिकालाई ईरानमा हमला गर्न सिनेटको अनुमति नचाहिने भएको थियाे । 

 

मध्यपूर्वमा चुलियो तनाव, एक लाख २० हजार सेना उतार्दै अमेरिका– अमेरिका र इरानबीचको तनाव उच्च बिन्दुमा पुगेको थियाे । त्यही कारण पनि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाएपछि अब सैन्य दबाब दिन अमेरिकाले मध्यपूर्वमा आफ्ना एक लाख २० हजार सैनिक उतार्ने बताएको थियो । प्रमुख सैनिक कमाण्डर सुलेमानीको हत्यापछि यी दुई देशबीच युद्ध हुने संकेत देखिइसकेको छ । 

 

केही विश्लेषकहरुले भने अमेरिकाले यो कदम इरानसँग जानीजानी युद्धका लागि गरेको बताउँछन् । सैनिक कमाण्डरकाे हत्या पश्चात इरानले अमेरिकासँग बदला लिन हरसम्भव प्रयास गर्ने बताउँदै अाइरहेकाे छ । यस अवस्थामा इरान छिमेकी देशहरूबाट पनि थप असुरक्षित भएकाे विश्लेषकहरू बताउँछन् ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

  • 3 minutes ago
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध

एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

  • 14 minutes ago
एमाले ललितपुरका पूर्वउपाध्यक्ष सिलवाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीक

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

  • 15 minutes ago
बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा  दुर्घटना, १९ जना घाइते

एजेन्सी । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।