अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने
- सोमबार, १९ कार्तिक, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

सोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ ।
पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो ।
त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन् । सो उच्चस्तरीय वार्तापछि पनि यी दुई देशका उक्त सैन्य अभ्यासका तयारी गरिरहेका बेला यता उत्तर कोरियाले आपत्ति जनाएपछि रोकिएको थियो ।
तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ । त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५०० जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चोइ हियोन सुले भन्नुभयो– हामीले पहिले नै घोषणा गरेअनुसारको सैन्य अभ्यास गर्ने तयारी हामीले गरिसकेका छौँ र यो सानो सङ्ख्याको सैन्य अभ्यास गर्नेछौँ ।
सम्वाददाताहरुलाई उनले सोमबार यो जानकारी दिनुभयो । संयुक्त राज्य अमेरिका दक्षिण कोरियाको नजिकको सहयोगी हो । उसले उत्तर कोरियाको पारमाणवकि खतराबाट बचाउन भन्दै दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना राखेको छ ।
यी दुई देशले विगत लामो समयदेखि यस्तो सैन्य अभ्यास सञ्चालन गर्दै आएका छन् । यसलाई उनीहरुले आफ्नै शब्दमा विशुद्ध रक्षात्मक प्रकृतिको र कसैका विरुद्धमा पनि लक्षित नरहेको भन्ने गरेका छन् ।
तर यस अभ्यासलाई उत्तर कोरियाले भने आफ्ना विरुद्धको अमेरिकी र दक्षिण कोरियाको रणानीति भन्ने गरेको छ । गत जुन महिनामा पनि यदि सोलमा सो सैन्य अभ्यास गर्ने हो भने आफूले जुनमा सिंगापुरमा भएको सहमति भङ्ग गर्ने जनाएको थियो । त्यसपछि सो अभ्यास रोकिएको थियो ।
तर सोमबारबाट शुरु हुन लागेको यस अभ्यासका बारेमा पनि उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 2 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 21 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जापानी प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त
- 23 minutes ago

एजेन्सी । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।