अमेरिका चीनबीच फेरी आरोप प्रत्यारोप

Global IME
Mega Bank
Norvic Hospital

पोर्ट मोरेस्बी, पपुवा न्यूगिनी । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन् । 

 

सम्मेलनका सहभागीबीच भएको भिन्न मतले विश्वलाई तरङ्गित पारेको संरक्षणवादी व्यापार नीतिलाई सच्चाउन अमेरिका र चीनबीच सहमति जुट्ने सम्भावनालाई थप पर धकेलेको छ । 

 

पपुवा न्यूगिनीको राजधानीमा भएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिन पिङले संरक्षणवाद र एकाधिकारवादको छायाँले विश्वको विकासमा नकारात्मक प्रभाव पारेको अप्रत्यक्ष चेतावनी अमेरिकालाई दिए । 

 

राष्ट्रपति सीको सम्बोधनले केही आक्रोसित बनेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिकाले चिनियाँ सामानमाथि गरेको करवृद्धिमा बेइजिङले आफ्नो बाटो नसच्चाएसम्म पुनरावलोकन गर्न नसकिने बताए । 

 

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको गतिरोधलाई देखाउँदै एपेक नेताहरूको घोषणा तयारीमा लागेका एक कुटनीतिज्ञले भने , “व्यापार बिषय नै घोषणापत्रका लागि मुख्य विन्दू भएको तर सबैलाई मान्य हुने भाषा खोज्न आयोजक राष्ट्रलाई कठिनाई भएको छ ।” 

 

बेल्ट एन्ड रोड कार्यक्रमका मार्गदर्शक सीप्रति प्रत्यक्ष्य लक्षित गर्दै प्रशान्त क्षेत्रीय मुलुकहरूले आफ्नो सार्वभौमसत्तालाई सम्झौता गरेर कर्जा लिनु नहुने अमेरिकी उपराष्ट्रपति पेन्सले बताए । 

 

हामीले बेल्ट एण्ड रोड अथवा एकतर्फी सडक कार्यक्रमलाई खुम्च्याउन चाहन्नौँ, पेन्सले एपेक सम्मेलनलाई सम्बोधन गर्दै भने । 

 

प्राकृतिक साधनस्रोतले सम्पन्न प्रशान्त क्षेत्रका नेताहरूको मन जित्न चीनले गरेको प्रयासमा परम्परागत रूपमा आफ्नो दवदवा राख्दै आएका अष्टे्लिया र संयुक्त राज्य अमेरिकाले विशेष चासो दिएर हेर्दै आएका छन् । 

 

एपेक सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वा उनका रसियाली समकक्षी भ्लादिमिर पुटिन दुबै उपस्थित भएनन् । 

 

पोर्ट मोरेस्बीमा रहेका चिनियाँ राष्ट्रपतिलाई पपुवा न्यूगिनीका अधिकारीहरूले शुक्रकार सम्मान गरेपछि यसले अमेरिका तथा पश्चिमा अन्य मूलकहरूको चासो बढाएको छ । पीएनजीका अधिकारीसँगको बसाईमा सीले बेल्ट एन्ड रोडबारे आफ्ना धारणा राखेका थिए । 

 

सीले सन् २०१३ मा घोषणा गरिएको बेल्ट एन्ड रोड कार्यक्रमका पछाडि भूराजनितिक एजेन्डा नभएको तर दक्षिणपूर्वी एसिया, मध्य एसिया, मध्यपूर्व, यूरोप र अफ्रिकाका जमिन र पानीको मार्र्ग जोड्ने सडक सञ्जाललाई मजबुत पार्ने उद्देश्य रहेको बताए । 

 

उहाँले थप्नुभयोे, “यसले कसैलाई बाहिर पार्दैन । यो गैर–सदस्यहरूसँग सम्बन्ध नचाहने क्लब पनि होइन । न त यो केही व्यक्तिहरूले भन्ने गरेजस्तो कसैलाई फन्दामा पार्न ल्याइएको कार्यक्रम नै हो ।” “केही साना मुलुकहरू, जसले भौतिक संरचनाका लागि हस्ताक्षर गरेका छन्, उनीहरूलाई कर्जाको भारसहित छोडिनसक्नेप्रति विश्व समुदायले चासो व्यक्त गरेको छ, पेन्सले स्पष्ट पारे । 

 

अमेरिकी उपराष्ट्रपतिले थपे, “तपाईहरूले आफ्नो सार्वभौमसत्तालाई सम्झौता गरेर विदेशी कर्जा स्वीकार नगर्नुस् । आफ्नो स्वतन्त्रता जोगाउनुस् र अमेरिकाजस्तै आफ्नो मुलुकलाई पहिलो प्राथमिकतामा राख्नुस् ।” 

 

श्रीलङ्काले गत डिसेम्बरमा चिनियाँ कम्पनीलाई देशको दक्षिणी बन्दरगाह हाम्वोन्टोटामा व्यवसायिक गतिविधि गर्न औपचारिक रूपमा अनुमति दिएको थियो । श्रीलङ्काले चीनसँग लिएको छ अर्ब अमेरिकी डलर कर्जालाई शेयरमा रूपान्तरण गर्न सहमत भएको छ । 

 

पेन्सपछि बोल्दै अष्टे«लियाली अधिकारीले भने, “अष्टे«लियाले जापान र अमेरिकासँग सहकार्य गर्दै प्रशान्त क्षेत्रको भौतिक संरचना विकासका लागि चीनको बेल्ट एन्ड रोडको सम्भावित विकल्पमा सहयोग गर्नेछ ।“ 

 

नोभेम्बरको अन्त्यमा अर्जेन्टिनामा जी–ट्वान्टी सम्मेलनको अबसरमा हुने भेटमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपतिबीच व्यापारबारे देखिएको बर्तमान् विवादलाई सहज बनाउन केही पहल हुने विश्वास गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

  • 47 minutes ago
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।

सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री

  • 52 minutes ago
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको

जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

  • 1 hour ago
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।