'अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं'

Global IME
Mega Bank
Norvic Hospital

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिएका छन् । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उनले बताए । 

 

अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहेका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताए । 

 

अमेरिकी पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनरल ब्राउनले भने, “हालको कुटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं ।” 

 

अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाजहरु तैनाथ गरेको छ । यी जहाजले उत्तर कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्दछन् । यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् । 

 

ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको संख्यामा भने कटौती नगरिएको बताए । 

 

उत्तर कोरियाली नेता कीम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलन पश्चात् अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

  • 6 minutes ago
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको

पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै

  • 21 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल

नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

  • 35 minutes ago
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।