अमेरिकामाथि दबाब दिन आप्रवासीको भोक हड्ताल
- शुक्रबार, १४ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

तिजुआना, मेक्सिको । दश जना मध्यअमेरिकी आप्रवासी महिलाले अमेरिका प्रवेशको माग गर्दै संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा भोक हड्ताल शुरु गर्ने घोषणा गरेका छन् ।
“हाम्रो आवाज कसैले सुनेन, त्यसैले महिला आन्दोलन गर्ने निर्णयमा हामी पुगेका छौं । र हामी भोक हड्ताल गर्दैछौं,” होन्डुरसकी क्लाउडिया मिरान्डाले बताए । तिजुआनमा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकी अधिकारीहरुले आप्रवासीको रुपमा अमेरिका प्रवेश गर्न र आवेदन समेत लिन अस्वीकार गरेकामा आक्रोश व्यक्त गरे ।
उत्तरी मेक्सिको शहर तिजुआनामा हाल ६ हजारभन्दा बढी मध्यअमेरिकीहरु अमेरिका प्रवेशको पर्खाईमा शिविरमा बसिरहेका छन् । खासगरी होन्डुरसका यी मानिसहरु आफ्नो देशमा व्याप्त गरिबी र हिंसाबाट आक्रान्त भएर देश छाड्न बाध्य भएको बताउँछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवास नीतिमै परिवर्तन गर्ने सोचाईमा हुन् । उनले मध्यअमेरिकी आप्रवासीहरु आपराधिक पृष्ठभूमिका रहेकाले स्वीकार नगर्ने बताएका छन् ।
सीमाक्षेत्रमा हाल हजारौं सैनिक परिचालन गरिएको छ । भोक हड्तालमा उत्रने घोषणा गरेका महिलाहरुले मेक्सिकोमा बस्न चाहने आप्रवासीलाई मानवीय आधारमा भिसा दिन पनि मेक्सिकाली अधिकारीहरुसँग आग्रह गरेका छन् । उनीहरुले आफ्नो भोक हड्ताल कति दिन गर्ने भन्ने बारेमा अझै निर्णय गरेका छैनन् ।
अमेरिकाको दक्षिणी सीमासम्म आइपुग्न करिब चार हजार किलोमिटर यात्रा गरेका होन्डुरसका करिब ५०० आप्रवासीले आइतबार अमेरिकी सीमाभित्र प्रवेश गर्ने प्रयत्न गरेका थिए । तर उनीहरुलाई अमेरिकी सीमा सुरक्षा फौजले फिर्ता पठाएको थियो । सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ
- 10 minutes ago

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनभित्रको समस्या छिटै समाधान हुन्छः प्रधानमन्त्री
- 14 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवादको समाधान हुने बताएका छन् । शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नको
जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे
- 33 minutes ago

एजेन्सी । जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।