अमेरिकालाई ‘स्वर्ग’ नै ठान्ने नेपालीहरुले बुझ्नै पर्ने कुरा !
- शनिबार, १५ मंसिर, २०७५
- 4 years ago
- जीवनशैली

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।
अमेरिकामा बस्ने हरेक तीन जनामध्ये एक जना पर्याप्त सुत्न नसक्ने एक अध्ययनले देखाएको छ । यसले उनीहरुमा मोटोपन, डायबिटिज, उच्च रक्तचाप, मुटुको रोग, स्ट्रोक लगायतका समस्या निम्त्याएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
हरेक दिन १८ देखि ६० वर्ष समूहका व्यक्ति कम्तिमा सात घन्टा सुत्नुलाई पर्याप्त निद्रा पुगेको अमेरिकाको रोग नियन्त्रण तथा रोगथाम केन्द -सीडीसी- ले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ । यो नतिजा ५० ओटा राज्य र कोलम्बिया जिल्लाको अभिलेखको अंश भएको पनि सीडीसीले आफ्नो साप्ताहिक प्रतिबेदनमा जनाएको छ ।
स्थान र जाती अनुसार निन्द्राको शैली , रोजगारी र बैबाहिक अवस्था देशभर फरक– फरक हुने पनि सो अध्ययनले स्पष्ट पारेको छ । अन्धाधुन्दा टेलिफोन संवादको आधारमा सो अध्ययन गरिएको बताइएको छ ।करिब ६७ प्रतिशत नन हिसपोनिक गोराहरुले पर्याप्त निद्रा पुर्याएको देखिएको छ । त्यसैगरी अफ्रिकी अमेरिकीहरु त ५४ प्रतिशत मात्रै राम्रोसँग सुत्न पाएका छन् ।
६६ प्रतिशत हिसपेनिक स्पेनी मुलका अमेरिकी र एशियाली मूलका ६३ प्रतिशत मात्रै राम्रसँग निदाउन पाइरहेका छन् । दक्षिण पूर्वी अमेरिकी राज्यका थोरै मात्र प्रौढहरु पर्याप्त सुतेको अध्ययनमा देखिएको छ । यो क्षेत्रमा मोटोपन र अन्य जटिल स्वास्थ्यसम्बन्धी समस्या देखिएका छन् ।
कामको व्यस्तताका कारण पनि मानिसलाई सुत्न कठिनाई भएकोअध्ययनमा सहभागी झन्डै आधाले बताएका थिए । कलेज वा स्नातकोत्तर भन्दा माथिसम्म अध्ययन गर्ने ७२ प्रतिशतले आफूहरु पर्याप्त सुतेको बताए । अविबाहति ९६२ प्रतिशत र सम्बन्ध बिच्छेद गरेका मानिस बिबाहित ९६७ प्रतिशत को तुलनामा कम सुतेको बताए । ५६ प्रतिशत एकल महिलाले दैनिक ७ घन्टा सुत्ने बताए ।
‘समग्र रुपमा मुल्यांकन गर्दा हामीले प्रर्याप्त सुत्न सकेका छैनौ,’ सीडीसीका स्वास्थ्य तथा जनसंख्या शाखाका निर्देशक वाइने गिल्सले भने ‘हरेक रात वेडमा जाँदा जीवनशैली परिर्वतन हुन्छ, यसले बिहानी उठ्ने समयमा पनि असर गर्छ । वेडमा प्रयोग हुने टेलिभिजन, कम्युटर, मोवाईलका उपकरणले पनि निन्द्रामा गम्भीर असर पुर्याएको छ ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 7 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 15 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 18 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।