अमेरिकामा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आयो
- शुक्रबार, २८ मंसिर, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ ।
अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्षका लागि यो नै अन्तिम मृत्युदण्ड रहेको मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी) ले जनाएको छ ।
“सन् २०१८ मा नयाँ मृत्युदण्डको सजाय सुनाइएको र मृत्युदण्ड दिइएको घटना ऐतिहासिक रुपमै सबैभन्दा न्यून हो,” डीपीआईसीले भनेको छ ।
मृत्युदण्डका घटनाहरुमा कमी आउनुको अर्को कारण होः वासिङ्टन राज्यले मृत्युदण्डलाई गैरकानुनी घोषणा गरेको छ, र यस्तो गर्ने अमेरिकाको यो २० औं राज्य हो ।
बाँकी रहेका ३० वटा राज्यमध्ये पनि आठ वटा राज्यमा मात्र मृत्युदण्ड दिइएको छ । टेक्सस राज्यले सन् २०१८ मा वर्षभरि अमेरिकामा दिइएका मृत्युदण्डमध्ये आधाभन्दा बढी अर्थात् १३ जनालाई मृत्युदण्ड दिएको छ ।
अर्कोतर्फ मृत्युदण्डको सजाय सुनाइएकाहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१८ मा ४२ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् १९९६ मा ३१५ जना विरुद्ध यस्तो फैसला सुनाइएको थियो ।
राष्ट्रपति ट्रम्पले पटकपटक मृत्युदण्ड दिइनुपर्ने भन्दै वकालत गरिआएका छन् । “मन्दिर, चर्चमा निर्दोष नागरिकमाथि ज्यादती गर्ने जोसुकैलाई कठोर सजाय दिनै पर्दछ,” गत अक्टोबर २७ मा ट्रम्पले भन्नुभयो । अमेरिकाको पिट्सवर्गस्थित यहूदी प्रार्थना गृहमा ११ जनाको ज्यान जाने गरी भएको निर्मम आक्रमणपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राखेका हुन् ।
राष्ट्रपति ट्रम्पले प्रहरीको हत्यामा संलग्न हुने तथा लागूऔषध नियन्त्रणमा खटिने व्यक्तिमाथि आक्रमण गर्नेहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने बताउँदै आएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले सन् १९७२ मा मृत्युदण्डको प्रावधानलाई हटाएको थियो तर सन् १९७६ मा अदालतकै आदेशमा पुनः सक्रिय बनाइयो । त्यसयता, यसको प्रयोगमा कडाई गरिएको छ । सन् २००५ मा बालबालिकालाई मृत्युदण्ड दिन नपाइने नियम बनाइयो ।
पछिल्ला १० वर्षमा मृत्युदण्डका घटनाहरुमा कमी आएको छ । खासगरी मृत्युदण्ड दिँदा घातक सुईको प्रयोग गर्ने वा नगर्ने भन्ने कानुनी लडाइँ र सार्वजनिक बहसका कारण मृत्युदण्ड रोकिएका हुन् ।
मृत्युदण्डको सजायको विपक्षमा रहेकाहरुले घातक सुईको प्रयोग र त्यसमा प्रयोग हुने औषधिका सम्बन्धमा एकपछि अर्को उजूरी गरेका थिए । ठूला औषधि उत्पादक कम्पनीहरुले यस्तो घातक औषधि उपलब्ध गराउन पनि अस्वीकार गरेका थिए ।
यही कारण, सन् २०१८ मा विद्युतीय कुर्चीको पुनः प्रयोग गर्न थालियो । सन् २०१३ पछि पहिलो पटक टेनेसी राज्यमा विद्युतीय कुर्चीमा राखेर दुई जनालाई मृत्युदण्ड दिइएको छ ।
दुबै अवस्थामा, सजाय पाउने व्यक्तिले मृत्युदण्डका लागि विद्युतीय कुर्ची रोजेका थिए । सर्वोच्च अदालतकी प्रगतिशील न्यायाधीश भनेर चिनिनुभएकी सोनिया सोतोमायोरले मृत्युदण्डको सजाय फुकुवा गर्ने अदालतको आदेशमा विमति राखेका थिए ।
गत अक्टोबरमा गरिएको ग्यालप सर्वेक्षण अनुसार ५६ प्रतिशत अमेरिकीहरुले मृत्युदण्ड दिनुपर्ने अभिमत दिएका थिए । यो सन् २०१७ को झैं अवस्था हो, तर ४५ वर्षमा यो अभिमत सबैभन्दा न्यून हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 14 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 22 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 25 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।