अमेरिकी आन्तरिक सुरक्षा मन्त्री जिन्केद्वारा राजीनामा
- आइतबार, १ पुष, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । यात्रा, राजनीतिक कृयाकलाप लगायतका विषयमा सङ्घीय अनुसन्धान शुरु भएपछि अमेरिकी आन्तरिक सुरक्षा मन्त्री रायन जिन्केले राजीनामा दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष बुझाइएको राजीनामा पत्रमा जिन्केले विपक्षीहरुबाट राजनीतिक प्रेरित आरोप लागेकाले आन्तरिक सुरक्षा मन्त्रालयको नियमित काममा नै अबरोध आउने परिस्थिति सिर्जना भएकाले राजीनामा दिएको उल्लेख छ ।
जिन्केको राजीनामाका बारेमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले मोन्टानाका पूर्व कङ्ग्रेस सदस्य जिन्केको कार्यकाल निकै सफल रहेको बताएका छन् । उनले अर्को साताभित्रै जिन्केको स्थानमा नयाँ व्यक्तिको नाम घोषणा गरिने जानकारी दिनुभयो । नयाँ व्यक्तिको मनोनयनलाई सिनेटले अनुमोदन गर्नु पर्दछ ।
हालैको चुनावबाट अमेरिकी संसद कङ्ग्रेसमा बहुमत ल्याएका डेमोक्रेटले जिन्केको आचरण र फजुल खर्चका विषयमा अनुसन्धान गर्ने सम्भावना थियो । डेमोक्रेट पार्टीले कङ्ग्रेस मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गत चुनावी अभियान, व्यवसाय, प्रतिष्ठान र प्रशासनका बारेमा अनुसन्धान थाल्ने अनुमान पनि गरिएका छन् ।
जिन्केले राष्ट्रपति ट्रम्पको संघीय वातावरणीय नियम लागू गर्न तथा देशभित्रै ऊर्जा विकासलाई प्रबद्र्धन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी वातावरण संरक्षण एजेन्सीका कार्यक्रमहरुमा अर्थपूर्ण सहभागिता जनाउने गर्थे । नेभी सिलमा काम गरेको बताउने जिन्केले अमेरिकी तेल तथा ग्यास उद्योगलाई पुनर्जीवित गर्ने योजना अगाडि सारेर स्थानीयबासीबाट प्रशंसा बटुलेका थिए ।
ट्रम्पले कहिल्यै पनि जिन्केसँग गहिरो निजी सम्पर्क स्थापित गर्नुभएन, तर वातावरणीय समूहबाट भएका आलोचनको दृढतापूर्वक प्रतिरक्षा गरेकामा जिन्केप्रति सम्मान प्रकट गरेका थिए । पछिल्लो समय जिन्केमाथि कङ्ग्रेसले छानबिन गर्ने सम्भावना बढेको निष्कर्षमा अमेरिकी प्रशासन पुगेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
मेलम्ची खानेपानीको मुहान निरीक्षण
- 19 minutes ago

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल
- 27 minutes ago

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्
'सबै पक्षसँग कुरा हुन्छ'
- 30 minutes ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।