प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरे
- बुधबार, ११ पुष, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङटन । संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटनाहरु बढ्दै गएपछि प्रहरीले आमजनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो ।
गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ । यस सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ ।
एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतहरुले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए । नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चर समेत बरामद भएको जनाएका छन् ।
अधिकारीहरुले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेका थिए ।
बाल्टिमोर नगर परिषदका अनुसार यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो । तर स्थानीय “बाल्टिमोर सन” अखबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ ।
प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनाहरुमा स्वतः कमी आउने बताए ।
अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ, र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 3 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।