अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
- शुक्रबार, २० पुष, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङटन । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिएकी छिन् । अमेरिकी संसदको सभामुख हुने उनी पहिलो अमेरिकी महिला नेतृ पनि भएकी हुन् ।
संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल भइन् ।
“सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य हुनुहुन्छ,” चुनावी प्रचारका क्रममा पेलोसीले भनिन्, “तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ ।”
सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताइन् । उनले भने, “कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ । यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउनुहुनेछ र जनताका आवाजहरु सुन्न पाउनुहुनेछ । जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ ।”
डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उनले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनस्र्थापित गर्ने बारेमा प्रकाश पारेकी थिइन्।
“हामीले मध्यम वर्गीय अमेरिकीको भलाईलाई उच्च प्राथमिकता दिनु पर्दछ, किनभने मध्यम वर्ग नै हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,” पेलोसीले भनिन् ।
पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिएकी छिन् ।
ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथि छ ।
पेलोसीमाथि डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथि छलफल गर्ने । पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव “विभाजनकारी कृयाकलाप” रहेको बताएकी छिन् ।
“हामीले राष्ट्रपति विरुद्ध राजनीतिक कारणबाट महाभियोग लगाउनु हुँदैन,” पेलोसीले भने । उनले राष्ट्रपति विरुद्ध रोबर्ट मुलरको छानबिन समितिको प्रतिवेदनका नतिजालाई हेरेर मात्र नयाँ कदम चाल्न सकिने स्पष्ट गरिन् ।
अमेरिकी संविधान र न्यायिक प्रणालीमा वहालवाला राष्ट्रपतिलाई पर्याप्त आधार बेगर महाभियोग लगाउन सकिँदैन । राष्ट्रपति ट्रम्पले आफूले कुनै गलत कार्य गरेको निरन्तर अस्वीकार गरिरहेका छन् ।
सदनद्वारा बजेट पारित, मेक्सिको पर्खालमा बजेट परेन
डेमोक्र्याटिक पार्टीको बहुमत हासिल गरेको अमेरिकी संसदको पहिलो सत्रले अमेरिकी सङ्घीय कार्यालयहरुको बजेट पारित गरेको छ । सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गर्नुभएको सीमा पर्खालको बजेटलाई भने अनुमोदन गरेको छैन ।
बिहीबार राति बजेट पारित गरेसँगै पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त सभामुख पेलोसीले भनिन्, “हामीले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न बजेट पारित गरेनौं । हामी पर्खालको विपक्षमा छौं भन्नेमा कसैलाई शंका छ र ?”
बजेट पारित नभएका कारण १३ दिनदेखि कैयौं सङ्घीय कार्यालयहरु आंशिक बन्द छन् । राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित नभए विनियोजन विधेयकमा हस्ताक्षर नगर्ने अडान राखेका छन् । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पर्खालको बजेटका बारेमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 2 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 16 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
सुपारी र कुखुराको अवैध आयात रोक्न माग
- 25 minutes ago

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।