अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की
- शनिबार, २१ पुष, २०७५
- 3 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन । विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिएकाछन् ।
वरिष्ठ डेमोक्र्याट नेताहरूसँग भएको वार्तापछि उहाँले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउन आवश्यक परे कंग्रेसलाई बाइपास गरेर राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गर्न समेत सकिने बताएका हुन् ।
मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने रकम कंग्रेसले उपलब्ध नगराएको खण्डमा आफूले बजेटसम्बन्धी विधेयकमा हस्ताक्षर नगर्ने ट्रम्पले बताएका छन् ।
मेक्सिकोमा पर्खाल बनाउने बजेट कंग्रेसले उपलब्ध नगराएको भन्दै उत्पन्न विवादका बीच सरकारी खर्च बन्द भएको तेस्रो साता हुन लागेको छ ।
गत डिसेम्बर २२ देखि ८ लाख सङ्घीय कर्मचारीले तलब पाएका छैनन् । यस विषयमा संसदले अटेर गरिरहेमा आफूले राष्ट्रिय सङ्कटको स्थितिको घोषणा गरेर एक्लै अघि बढ्ने भनी राष्ट्रपति ट्रम्प चेतावनी दिदै आएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीतः कमल थापा
- 9 hours ago
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैवाहिक अंगिकृत नागरिकता सम्बन्धि व्यवस्था राष्ट्रहित विपरीत भएको टिप्पणी गरेका छन्। बिहीबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता थापाले विवाह गरेको भोलिपल्
भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
- 9 hours ago
काठमाडौँ। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। बोर्डको लागि केसीको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता भएको हो। केसीलाई गत साउन ९ ग
ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी
- 10 hours ago

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
यदि तपाई जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ भने यी कुराहरु ख्याल गर्नुहोस्ः वास्तुशास्त्र

एजेन्सी । कुनै पनि काम पाउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । जागिरको तयारीका साथसाथै अन्तर्वार्ता क्लियर पनि गर्नुपर्छ । धेरै पटक, तपाई भित्र सबै प्रतिभा भए पनि, तपाई अन्तर्वार्तामा पछाडि छाडिनुहुन्छ र तपाईले मौका गुमाउनुहुन्छ। जागिरको अन्तर्वार्तामा जानुअघि कुन कुरामा ध्यान दिनुपर्छ ।
विचित्र विश्व
श्रीलंका: सरकार विरोधी प्रदर्शन १२३ दिनपछि समाप्त, प्रदर्शनकारीहरू गाले फेस क्षेत्रबाट फिर्ता

एजेन्सी । श्रीलंकामा गम्भीर आर्थिक संकटलाई लिएर भएको सरकार विरोधी प्रदर्शन १२३ दिनपछि औपचारिक रूपमा समाप्त भएको छ। यी प्रदर्शनका कारण राष्ट्रपति गोताबाया राजापाक्षेले सत्ता गुमाउनु परेको थियो ।