कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

Global IME
Norvic Hospital

वासिङटन । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिएको बताइएको छ । 

 

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्को चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको छ । तर त्यस बैठकका लागि स्थानको भने निश्चित भएको छैन । 

 

अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन । स्थान र मिति तय गर्ने बारेमा तयारी भइरहेको जानकारी भइरहेको छ । 

 

आइतबार ह्वाइट हाउसको बाहिर जम्मा भएका समाचारदाताहरुलाई जानकारी दिँदै राष्ट्रपति ट्रम्पले भने– उत्तर कोरिया सँगको सम्बन्ध राम्रै गतिमा अघि बढिरहेको छ । 

 

राष्ट्रपति ट्रम्पलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ– उत्तर कोरियासँगको सम्बन्ध राम्रो हुदै गएको छ, हामीले राम्रोसँग वार्ताहरु अघि बढाइरहेका छैनौँ, अहिले कुनै रोकावट छैन, हामीले आपसमा निकै राम्रो गरिरहेका छौँ । 

 

तर उत्तर कोरियामाथिको नाकाबन्दी भने जारी नै रहनेछ, त्यो पूरा गति र प्रभावमा नै कायम रहने छ – राष्ट्रपति ट्रम्पले भन्नुभएको भन्दै उक्त टेलिभिजनमा प्रसारण गरिएको छ । 

 

यसै हप्ताको शुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेताले आफूलाई एक पत्र पठाएको खुलासा गर्नुभएको थियो । किमको पत्रपछि पनि आपूmहरुबीच वार्ता भएका र त्यसबाट छिट्टै नै अर्को अथवा दोस्रो चरणको वार्ताका लागि तयारी गरिने उनले बताएका थिए । 

 

तर उत्तर कोरियाले भने सिंगापुरमा पहिलो चरणको वार्तामा भएका प्रतिबद्धताहरुको कार्यान्वयनमा अमेरिकी पक्षबाट कुनै पनि प्रगति नभएको भन्दै यदि त्यसो भएमा आफ्नो तर्फबाट भएको निशस्त्रीकरणको प्रयासको प्रगति पनि रोकिने बताएको थियो । 

 

उत्तर कोरियाली नेता किमले नयाँ वर्षका अवसरमा दिनुभएको सन्देशमा अमेरिकाको तर्फबाट उत्तर कोरियामाथि लगाइएको नाकाबन्दी हटाउने तथा अन्य कार्यक्रममा कुनै प्रगति नभएको भन्दै यदि त्यस्तो भयो भने आफूहरुको प्रतिबद्धताहरु पनि पूरा गर्नुपर्छ भन्ने नरहेको स्पष्ट गरेका थिए । 

 

तर त्यसपछि विकसित परिस्थितिका कारण यी दुई देशबीच अर्को चरणको बैठक हुने देखिएको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 2 hours ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।