अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा
- शुक्रबार, २७ पुष, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

वासिङ्टन डिसि । अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लागेका छन् ।
निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहेका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लागेका हुन् ।
महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
तर उनलाई राजिनामा दिन दवाव नपरेकाले उहाँले राजिनामा नदिनु भएको पनि समाचारमा उल्लेख छ ।
उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताएका छन् ।
ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गरेका थिए । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका थिए ।
उनले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गर्नु भएको थियो ।
विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् ।
कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् ।
गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केही महिनामा राजिनामा दिएका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
- 2 minutes ago

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो
- 22 minutes ago

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।
अर्जेन्टिनाको सहज जित
- 36 minutes ago

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।