अमेरिकाले सिरियाबाट सैनिक नभई उपकरणहरु फिर्ता गर्ने

Global IME
Norvic Hospital

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले सिरियाबाट सैनिक नभएर अन्य उपकरणहरु फिर्ता गर्न लागेको जनाएको छ । यसअघि अमेरिकाले सिरियाबाट आफ्नो सैन्य सदस्यहरु नै फिर्ता गर्न लागेको बताइएको थियो । 

 

तर पनि अहिलेका लागि अमेरिकाले आफ्ना सैनिक फिर्ता नगर्ने निर्णय गरेको हो । अमेरिकाको प्रतिरक्षा मन्त्रालयका एकजना अधिकारीले भनेका छन्, अहिलेका लागि हामी सैनिक फिर्ता गर्दैनौँ तर पनि केही औजार, उपकरण या सामग्रीहरु भने फिर्ता गर्ने तयारी थालेका हौँ । 

 

तर पनि सैनिक भने कहिलेदेखि फिर्ता गर्ने भन्ने विषयमाा केही खुलाइएको छैन । ती अधिकारीले त्यहाँबाट सैनिकसँग सम्बन्धित नभई अन्य उपकरण र औजारहरु फिर्ता गर्ने प्रक्रिया भने शुरु भइसकेको जनाएका छन् । 

 

गत आइतबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा केही सर्तहरु राखेका थिए । उनले ती सर्त पूरा भएपछि मात्र सिरियाबाट सेना फिर्ता गर्ने बरेमा सोचिने जवाफ दिएका थिए । 

 

तर सैन्य नभए पनि अमेरिकाले त्यहाँ राखेका अरु उपकरणहरु भने यसैहप्ताबाट शुरु गरिने जानकारी उनले दिए । उनले त्यसो भनिरहँदा उता सैनिक प्रवक्ताले भने अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने तयारी छिट्टै थाल्ने बताएका थिए । 

 

शुक्रबार राति पेन्टागनका प्रवक्ता कमाण्डर सिन रोबर्टसन्ले अमेरिकाले सिरियाबाट सेना फिर्ता गर्ने बारेमा सहमित गरिसकेको तर कहिले भन्ने बारेमा कुनै निर्णय भइ नसकेकोले सरकारको निर्णय अनुसार व्यवस्थित रुपमा सेना फर्काइने बताए । 

 

उनले भनेका छन््, यो हामीले मात्र गरेर हुँदैन र सिरियामा हामीलाई साथ दिइरहेका देशहरुसँग पनि आवश्यक परामर्श र सल्लाह गरेर फिर्ता गर्ने निर्णय हुनेछ । 

 

उनले अबका केही दिनमा सिरियाको वास्तविकता हेरेर, शान्ति सुरक्षा या अन्य कारणले के कति सेनाको आवश्यकता पर्छ भन्ने बारेमा विश्लेषण गरेर मात्र सेना फिर्ता गर्ने बारेमा निर्णय गरिने उहाँले बताएका छन् ।

 

यसरी फिर्ता गरिने सामग्रीमा अमेरिकाले त्यहाँ लगेका गैरसैनिक सहयोगका उपकरण तथा सामग्रीहरु, गैर सैनिक र आवश्यक नरहेका कर्मचारीहरु पनि त्यहाँबाट फिर्ता गरिने छ । 

 

अमेरिकाले विशेषगरी सिरियाको उत्तरपश्चिमी क्षेत्रका रेमिलान, हासाकेह प्रान्तमा बढी मात्रामा सैनिक राखेको छ । ती क्षेत्रमा सिरियाली सरकारी समर्थक समूह, सिरियाली सैनिक र आइएस समर्थनको मुस्लिम जिहादी समूहको बढी प्रभाव रहेको छ । 

 

सोही कारणले त्यहाँका सरकार विरोधी समुदाय र नागरिकको सुरक्षा र संरक्षणका लागि अमेरिकी नेतृत्वमा केही देशले त्यहाँ सेना पठाएका छन् । अमेरिको नेतृत्वमा स्थापना भएको सिरिया सहयोग समूहका तर्फबाट त्यहाँ सेना पठाइएको छ । 

 

ती सैनिकले ती क्षेत्रमा विशेषगरी सिरियामा त्यहाँका राष्ट्रपतिको बहिर्गमनको माग राखेर आन्दोलन गरिरहेको विपक्षी समूहहरुको संरक्षण तथा इस्लामिक जिहादीहरुका विरुद्धमा कारबाही गर्ने गर्दछ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सत्ता गठबन्धनको बैठक बस्दै

  • 3 minutes ago
सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक

आज चैते दशैँ पर्व मनाइँदै

  • 1 hour ago
आज चैते दशैँ पर्व मनाइँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

  • 1 hour ago
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।