चीन–अमेरिका व्यापार वार्तापछि विश्व शेयर बजारमा सुधार
- आइतबार, ६ माघ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । चीन–अमेरिका व्यापार युद्धलाई शान्त पार्ने प्रयासस्वरूप भएका वार्तापछि देखिएको सुधारको सङ्केतसँगै विश्वको शेयर बजारमा शुक्रबार वृद्धि देखिएको छ ।
अमेरिकी वाल स्ट्रिट जोर्नलले वासिङ्टनले चीनमाथिको थप करवृद्धिलाई हटाउने बताएपछि यूरोपेली तथा एशियाली शेयर बजार बिहीबार निकै मजबुत देखिएका आर्थिक सुचकाङ्कले देखाएका छन् । चीन र अमेरिकाबीच केही दिन पहिले भएको व्यापार वार्ताले क्रमशः विवाद सहज बन्दै गएको सन्देशसँगै विश्व शेयर बजारमा यसको सकारात्मक प्रभाव देखिएको हो ।
प्रमुख सुचकाङ्कमा एक प्रतिशत वा त्योभन्दा बढीका दरले लगातार चार दिनसम्म नाफा देखिएको वालस्ट्रिटले शुक्रबार बताएको छ ।अमेरिकी स्टक बजार -डाउ- मा डिसेम्बर २४ पछि १३ प्रतिशतको वृद्धि देखिएको छ ।
बेइजिङले विगत पाँच बर्षदेखि अमेरिकासँग देखिएको व्यापार नाफालाई घटाउन सहमत बनेको र यसका कारण विश्व शेयर बजारमा समारात्मक सन्देश गएको ब्लुमवर्गले पनि उल्लेख गरेको छ ।
अनलाइन बजारका विश्वहस्ती व्यापारीहरूको संगठन ९आइजी० का वरिष्ठ बजार विश्लेषक जोसुआ माहोनीले भने, “विश्व शेयर बजारमा यस साता आशा गरिएजस्तै व्यापक सुधारका सङ्केत देसखिएका छन् । यो चीन–अमेरिकाबीचको व्यापार विवादमा महत्वपूर्ण ‘ब्रेकथु्र’ हुने सम्भावनाले आएको सुधार हो ।”
“व्यापार सम्झौताका सम्बन्धमा देखिएको आशा नै बजार सुधारका लागि निर्धारक आधार हो,” एलबीबीडब्लुका कार्ल हेलिङले बताए ।
हेलिङले भने, “त्यहाँ एक प्रकारको कालो धुवाँका सङ्केत देखिएका थिए । जहाँ धुवाँ हुन्छ त्यहाँ आगो पनि हुनु स्वभाविक हो । तर पछिल्ला दिनमा बजारमा सकारात्मक सन्देश फैलिएको छ र यसले शेयर बजारलाई थप ओरालो लाग्नबाट बचाएको छ । तत्काल केही सुधारका सङ्केत देसखिएका छन् । यो सबैका लागि खुशीको कुरा हो ।”
“ट्रम्पले अर्थतन्त्र कमजोर बन्दै गएको र अमेरिका बन्दको अवस्थालाई महशुस गरेजस्तो देखिएको छ । उनले यसमा आफ्नो जीतलाई पुष्टि गर्न केही गर्ने देखिएको छ ।”
तर केही विश्लेषकहरूले व्यापार विवाद साम्य भै हाल्नेमा संशय व्यक्त गरेका छन् । उनीहरूले अझै धेरै बिषय सहमतिदेखि धेरै टाढा रहेको बताएका छन् । उनीहरूले बौद्धिक सम्पत्ती चारीसम्बन्धी अमेरिकाको दावीलाई चीनले सम्बोधन गरिहाल्ने नदेखिएको बताएका छन् । किनकि अमेरिकाले लगाएको उक्त आरोपलाई खुलारूपमा चीनले खण्डन गर्दै आएको छ ।
मुद्रा बजारसम्बन्धमा बेलायती मुद्रा कमजोर देखिएको छ । बेलायतले विनासम्झौता यूरोपेली संघबाट बाहिरिने हल्लाले बेलायती मुद्रा केही कमजोर देखिएको हो ।
बेलायती प्रधानमन्त्री टरिजा मे ले गरेको बृहत् ब्रेक्जिट योजनालाई सांसदहरूले विफल पारेका छन् तर प्रधानमन्त्रीले सोमबारसम्म अन्तरपार्टी छलफलका लागि नै दोस्रो योजना ल्याउने बताइएको छ । यदि उक्त योजनाले काम नगरेमा मार्चमा हुने भनिएको बेलायतको बहिर्गमन पछि धकेलिने छ र यसले प्रधानमन्त्रीलाई अर्को सम्झौता गर्नका लागि समय दिनेछ वा अर्को जनमतसङ्ग्रहको बाटो तय गर्नेछ ।
चीन–अमेरिकाबीचको व्यापार वार्ताको सकारात्मक सन्देश र तेल निर्यात राष्ट्रहरूले गरेको तेलको उत्पादनमा कटौतिले कच्चा इन्धनको मूल्यमा वृद्धि देखिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता गठबन्धनको बैठक बस्दै
- 6 minutes ago

सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बैठकमा पेस गरेो न्युनतम साझा कार्यक्रमक
आज चैते दशैँ पर्व मनाइँदै
- 1 hour ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।