अमेरिका किन समृद्ध राष्ट्र ?

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

सन् २००७ को अन्त्य तथा सन् २००८ को सुरुवातबाट सुरु भएको विश्वव्यापी आर्थिक मन्दी अहिले ओझेलमा परिसकेको छ । अमेरिकाबाट सुरु भएको आर्थिक संकटले विश्वव्यापी अर्थतन्त्रमा ठूलो उतारचढावको वातावरण सिर्जना गरेको थियो ।

 

यद्यपि हाल पनि विश्वको सबैभन्दा ठूलो तथा शक्तिशाली राष्ट्रको रूपमा अमेरिका नै अगाडि छ । यसको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६० हजार २०० अमेरिकी डलर छ । जबकि युरोपका सबैभन्दा धनी राष्ट्रहरूले प्रतिव्यक्ति आय केबल ४० हजार डलर कायम गर्न सकेको देखिन्छ ।

 

अथाह धनले अमेरिकालाई आफैमा एउटा विशेष राष्ट्रको स्थानमा उभिन उत्प्रेरित गरेको देखिन्छ । त्यसका साथै यसले अमेरिकालाई विश्वका अन्य राष्ट्रहरूको तुलनामा छुट्टै रहेको प्रमाण पनि दिएको छ । 

 

हुन पनि हो, अमेरिका बाँकी विश्वको तुलनामा आर्थिक स्वतन्त्रदेखि आफ्नो लक्ष्य प्राप्तिमा धेरै आशावादी राष्ट्रको रूपमा रहेको छ । त्यसैले गर्दा पनि यसलाई विश्वको सबैभन्दा समृद्ध राष्ट्रको स्थान लिन सजिलो भएको हो ।

 

विशेषगरी अमेरिकालाई विश्वकै सबैभन्दा समृद्ध राष्ट्रको रूपमा स्थापित गर्नमा मुख्यतया तीन वटा पक्षको ठूलो हात छ । ती हुन्– साझा कानुन, विशाल आप्रवास र दोस्रो विश्वयुद्धको समयमा ठूलो संख्यामा भएको वैज्ञानिकहरूको पलायन । ‘वैज्ञानिकहरूको पलायन’ भन्नाले विश्वका महान वैज्ञानिकहरूको अमेरिकामा आगमन हुनुलाई बुझाउँछ ।

 

दोस्रो विश्वयुद्धताका भएको ठूलो वैज्ञानिक जनशक्ति पलायनले विश्वका अधिकांश राष्ट्रको उत्पाकदत्वमा ठूलो धक्का पुगेको देखिन्छ । अधिकांश जर्मन र यहुदी वैज्ञानिकहरू पलायन भए तर उनीहरूले दिएको देन अझै पनि धेरै राम्रो छ र सबैले त्यसको आत्मसात पनि गरेका छन् ।

 

यसरी दोस्रो विश्वयुद्धताका विश्वका अधिकांश वैज्ञानिकहरूका लागि अमेरिका किन धेरै सुरक्षित स्थान भयो भन्ने सन्दर्भमा कुनै आधारभूत कारण छैन । तर, त्यसबेलाको समय नियाल्ने हो भने अमेरिका मात्र एउटा त्यस्तो राष्ट्र हो, जहाँ धेरैजसो वैज्ञानिकहरूले सुरक्षित महसुस गरे । यसले गर्दा पनि अमेरिकालाई नवीनतम सोच तथा उत्पादकत्वमा वृद्धि गर्न सहयोग पुगेको हो ।

 

पछिल्लो शताब्दीदेखि अमेरिकाले विकासशील राष्ट्रका स्रोत उपयोग गरी आर्थिक विस्तारको क्षेत्रमा नयाँ क्रान्ति ल्याएको बताइन्छ । आर्थिक विकाससँगै बजारको आयतन पनि बढ्दै गएको इतिहासले देखाएको छ । यसरी बढ्दो बजार आयतनले उत्पादन वृद्धिमा सहयोग पु¥याएको देखिन्छ ।

 

अमेरिकी सपना एकपछि अर्को गर्दै पूरा हुन थालेपछि त्यसको सिको युरोपेली राष्ट्रहरूले गर्न थाले । अमेरिकी आर्थिक क्रान्तिका उपाय र नवीनतम प्रविधिको प्रयोग युरोप महादेशमा सुरु भयो । उनीहरूले आर्थिक विस्तारलाई दिगो राख्न कडा संघर्ष गर्दै आएका छन् । अहिले पनि त्यो क्रम जारी नै छ तर लक्ष्य अधुरो छ । यसले गर्दा पनि अमेरिका र बाँकी विश्वबीचको अन्तर ठूलो छ । अमेरिकालाई धेरै समृद्ध हुनुमा त्यहाँको बजार आयतनले पनि ठूलो सहयोग पु¥याएको छ ।

 

मानव विकास सूचकांका उत्कृष्ट चार राष्ट्रहरूले साझा कानुन मान्दै आएका छन् । ती राष्ट्रहरूको भाषा पनि अंग्रेजी छ । यसप्रकार पनि साझा कानुन, संस्कृति र भाषाले उच्चस्तरको व्यापार परिचालन हुन सहयोग पुगेको हो । यसरी युरोपेली राष्ट्र तथा बाँकी विश्वमा पनि त्यहाँको राष्ट्रिय र सांस्कृतिक कठिनाइले व्यापारिक क्षेत्रलाई अगाडि बढाउन अवरोध उत्पन्न गरेको देखिन्छ ।

अमेरिका विश्वकै शक्तिशाली राष्ट्र हुनुमा आप्रवास नीति नै प्रमुख हो । तर, पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासीहरुका लागि कडा नियम लागु गर्न चाहिरहेका छन् । कडा नियम, सिर्जनशील र बौद्धिक मानिस बर्सेनि अमेरिका भित्रिनु र उनीहरूकै सीप र सिर्जना प्रयोग गरी अमेरिकाले नवप्नतम आविस्कार गर्नुले त्यहाँको उत्पादकत्व बढाएको छ । साथै सिलिकन भ्याली, बोस्टन र न्युयोर्कजस्ता ठाउँमा विश्वकै नेतृत्व गर्नसक्ने मानव शक्तिको बसोवास हुनुले पनि अमेरिकालाई बौद्धिक शक्तिकोे केन्द्र बनाएको छ ।

 

बौद्धिक व्यक्तित्वको जमात जसरी उच्च बन्दै गएको छ, अमेरिकाले त्यसरी नै आप्रवास नियम लागू गरेको छ । यसको मद्दतले बर्सेनि युद्धका कारण शरणार्थी बनेकालाई र अन्य कारणले समस्याको चपेटामा परेका, विशेषगरी यहुदीहरूलाई अमेरिकाले भित्र्याउँदै आएको छ ।

 

यसरी भित्र्याइएका जनशक्ति प्रयोगले अमेरिकालाई नयाँ–नयाँ आविष्कार तथा उत्पाकत्व वृद्धि गर्न सहयोग मिल्दै आएको छ । यसले दिगो तथा तीब्र आर्थिक विकासलाई टेवा पु¥याएको छ । त्यसैगरी खुला सिमानाले व्यापार विस्तार तथा विश्वव्यापीकरणको अभियानलाई पनि सहयोग गरेको देखिन्छ । यसर्थमा पनि अमेरिका विश्वकै समृद्ध राष्ट्र बन्दै आएको छ । 

 

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 56 minutes ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।

चितवनका ५० हजार परिवार बाढीको जोखिममा

  • 1 hour ago
चितवनका ५० हजार परिवार बाढीको जोखिममा

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

  • 1 hour ago
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।