बच्चा जन्माउन अमेरिका पुग्न थाले !
- शुक्रबार, ८ चैत, २०७५
- 3 years ago
- विचित्र विश्व
मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।
यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन रुसीहरु प्रायः अमेरिकाको फ्लोरिडा राज्यमा आइपुग्छन् ।
निकै खर्चिलो भएपनि उनीहरुका बालबच्चाले रुसीहरुको तुलनामा बढी अवसर र यात्राको अवसर प्राप्त गर्नेछन् । यो व्यवस्थाबाट बच्चाहरुका बाबुआमाले पनि कुनै दिन निकै लाभ प्राप्त गर्ने सक्नेछन् ।
रुसीहरुको यो आगमन “बच्चा जन्माउने पर्यटक” को लहरकै रुपमा देखिएको छ । रुसीसँगै चिनियाँ र नाइजेरियाली आमाहरुको निकै ठूलो संख्या पनि बच्चा जन्माउन अमेरिका पुगको देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानमा रहेको यस्तो व्यवस्था हटाउनुपर्ने बताउँदै आएका छन् । अमेरिकी संविधानले “जन्मको अधिकार” लाई मान्यता दिएको छ । अमेरिकी कानुनविदहरुबीच नै राष्ट्रपतिले संविधानको यो प्रावधान हटाउन पाउने वा नपाउने भन्ने बारेमा मतान्तर छ ।
अमेरिकी अधिकारीहरुले गर्भवतीलाई भिसा दिलाउने काममा संलग्नलाई बेलाबखत पक्राउ गरेका उदाहरण पनि छन् । पक्राउ परेका ती व्यक्तिहरुले अमेरिकामा बच्चा जन्माउन र नवजात शिशुलाई अमेरिकी नागरिक सरहको अधिकार दिलाउन प्रयास गरेको स्वीकारेका छन् ।
एसोसिएटेड प्रेससँग कुरा गर्दै एक रुसी आमाले भिसा आवेदन गर्दा नै बच्चा जन्माउन अमेरिका आएको बताइन् । ती महिलाले चिकित्सक र अस्पतालसँग गरिएको करार कागजात समेत देखाइन् ।
तर बच्चा जन्माउनकै लागि कति महिला अमेरिका आइपुग्छन् भन्ने कुनै आधिकारिक तथ्याँक छैन । अमेरिकी आप्रवास नीतिको कटु आलोचक संस्था आप्रवासन अध्ययन केन्द्रले गरेको एक अध्ययनमा सन् २०१२ मा करिब ३६ हजार विदेशी आमाले अमेरिकामा बच्चा जन्माएको देखाएको छ । बच्चा जन्मिएपछि उनीहरु आ–आफ्ना देश फर्किएको पनि उक्त अध्ययनमा उल्लेख छ ।
अमेरिका आएर बच्चा जन्माउनेमा सबैभन्दा ठूलो संख्या रुसी आमाहरुको छ । मियामी केयर कम्पनीमा कार्यरत आन्तोन याच्मेनेभले एपीसँग कुरा गर्दैै एक वर्षमा करिब १५० रुसी परिवारले कम्पनीबाट सेवा प्राप्त गरेको बताए । मियामीको यसै स्थानको वरपर अरु करिब ३० वटा यस्ता कम्पनीहरु सञ्चालनमा छन् ।
दक्षिण फ्लोरिडा रुसीहरुबीच निकै लोकप्रिय स्थान हो । यो ठाउँमा मौसम केही राम्रो हुनुका साथै यहाँ रुसी भाषीहरुको बाक्लो उपस्थिति पनि छ । मियामीको उत्तरमा अवस्थित सन्नी आइसल बिचलाई त “सानो मस्को” कै रुपमा लिइन्छ ।
“वास्तवमै ३०,००० अमेरिकी डलरमा हामीले बच्चाका लागि अपार्टमेन्ट खरिद गर्न सक्दैनौं । तर हामीले उनका लागि स्वतन्त्रता दिन सक्छौं । यो यथार्थमा विशिष्ट अवसर हो,” ओल्गा जेम्ल्यानायाले बताए । उनको गत डिसेम्बरमा यहीँ छोरी जन्मिएकी थिइन् । उनी आफ्नो बच्चाको अमेरिकी पासपोर्टको प्रतीक्षा गरिरहेका छन् ।
अमेरिकी पासपोर्टका धेरै फाइदा छन् । बच्चा २१ वर्षको भएपछि त्यस्ता बच्चाले आमाबाबुको पनि ग्रिनकार्ड (अस्थायी आवास अनुमति) का लागि आवेदन दिन पाउँछन् ।
अमेरिकी पासपोर्ट धारकले कुनै रुसीको तुलनामा यात्राको बढी अवसर पाउँछन् । अमेरिकीहरुले भिसा बेगर नै १८० भन्दा बढी मुलुकमा छोटो अवधिको भ्रमण अनुमति पाउँछन् । रुसीहरुले अहिले करिब ८० मुलुकमा मात्र निःशुल्क भिषामा भ्रमण गर्न पाइरहेका छन् ।
अर्कोतर्फ रुसी भिसा रहेका व्यक्तिले अमेरिका भ्रमण गर्नुपर्दा भिसाका लागि धेरै लामो अन्तर्वार्ता प्रक्रियाबाट गुज्रनु पर्दछ । अन्तर्वार्ताको मिति लिनकै निम्ति पनि महिनौं कुर्नुपर्ने हुन्छ ।
कतिपय रुसीहरुले मस्को र पश्चिमा मुलुकबीच तनाब वृद्धि भएमा रुसीहरुको यात्रामा अझ कठिनाइ आउने चिन्ता व्यक्त गर्दछन् । रुसले आफ्ना नागरिकलाई विदेश भ्रमणमा अझ कडाई पनि गर्न सक्ने सम्भावन पनि छ ।
“द्वन्द्व बढ्दै गएमा मानिसहरुले सावधानी अपनाउन थाल्छन् किनभने रुसले आफ्नो सीमामा कडाई गर्न सक्छ । यदि त्यस्तो अवस्था आएमा मानिसले अर्को मुलुकको पासपोर्ट पनि लिनेतर्फ विचार गर्न सक्छन्,” लाट्भीयास्थित रुसी वेबसाइट मेडुजामा कार्यरत पत्रकार इल्या झेगुलेबले बताए । यो अनलाइन रुसको आलोचक पनि हो ।
गत वर्ष झेगुलेबलाई पत्नीसहित क्यालिफोर्निया भ्रमणमा आउन दुई वटा कार बेच्नु परेको थियो । उनीहरुको क्यालिफोर्नियामै बच्चा जन्मिएको थियो ।
अमेरिकी नागरिक अधिकार यूनियन, कतिपय कानुनी अधिकार समूहहरु तथा पूर्व सभामुख पल रायनले ट्रम्पको प्रस्तावलाई समर्थन गरेका थिए । तर उनीहरुले राष्ट्रपतिको ठाडो आदेशबाट यो अधिकार कटौती हुनै नसक्ने बताउँदै आएका छन् ।
अमेरिकी आप्रवासन अध्ययन केन्द्रका कार्यकारी निर्देशक अमेरिकी संविधानको यो प्रावधान निकै हानिकारक रहेको बताउँछन् । उनले भने, “हामीले भएभरको शक्ति लगाएर यो प्रावधान हटाउनेतर्फ कार्य गर्नु पर्दछ, किभने यसले नागरिक हुनुको केही अर्थ राख्दैन ।”
रुसी सांसद भ्लादिमिर झिरिनोभ्स्की बच्चा जन्माउनकै लागि विदेश जानबाट कुनै महिलालाई रुसले रोक्नै नसक्ने बताउँछन् । उहाँ यस्तो कार्यमा महिलाहरु जर्मनी र इजरायल पनि जाने गरेको बताउँछन् ।
“ट्रम्पले ठीकै गर्न खोज्नुभएको हो, किनभने यो कानुनलाई एउटा चालबाजीका रुपमा प्रयोग गरिएको छ । अमेरिकामा केही दायित्व नै नभएका व्यक्तिले पनि नागरिक हुने चाहना राख्नु ठीक होइन ।”
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
- 8 minutes ago

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
हिमालयन र सिभिल बैंकबीच शुक्रबार मर्जर सम्झौता हुने
- 9 minutes ago
काठमाडौँ। हिमालयन बैंक लिमिटेड र र सिभिल बैंक लिमिटेडबीच एक आपसमा मर्जको सम्झौता यहि शुक्रबार हुने भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अर्को संस्थासँग गाभिनैपर्ने दबाबमा रहेको हिमालय
फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा कति कमायाे ?
- 18 minutes ago

एजेन्सी । बलिउड फिल्म ‘जुग जुग्ग जीयो’ ले बक्स अफिसमा हालसम्म ७१ करोडभन्दा माथिको कमाई गरेको छ । अभिनेता वरुण धवनको फिल्मले दोस्रो हप्तामा सोमबार र मङ्गलबार खासै कमाई गर्न सकेन । जुग जगु जियोको पछिल्
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।