Techie IT
२०८२ वैशाख ३०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दुबई जाँदै


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८)मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री आज राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख)सम्म दुबईमा हुँदैछ ।

प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले डिसेम्बर २ तारिखमा सो सत्रमा नेपालको तर्फबाट वक्तव्य दिनेछन् ।

प्रधानमन्त्री दाहालले संयुक्त अरब इमिरेट्सको ५२औँ सङ्घीय दिवस समारोह र ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । उनले डिसेम्बर २ तारिखमा जलवायु परिवर्तनमा नेपालको आवाज उठाउनका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय एजेन्डालाई प्रवद्र्धन गर्न ‘हिमालको आह्वानः जलवायु सङ्कटबाट हामीलाई कसले बचाउछ ?’ शीर्षकको उच्चस्तरीय कार्यक्रम आयोजना गर्दै हुनेछ ।

प्रधानमन्त्री दाहालले उच्च–स्तरीय सत्रको अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख/सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ । उनले अबुधाबीस्थित नेपाली राजदूतावासको भ्रमणका साथै नेपाली समुदायसँग अन्तरक्रिया र नेपाल–युएई व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतो र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कनेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो ‘दर्पण छाया’,…

काठमाडौँ । आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको

आफनो युद्ध आफैं लड्नुपर्छ

जित तिम्रो हुनसक्छ तिमीले प्रयास गर्नुपर्छ कृष्ण त केवल सारथी बन्छ आफ्नो युद्ध आफै लड्नै पर्छ। ध्यान तिम्रै धनुष बनाउनुपर्छ

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

Techie IT