अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, आतंकवादी आक्रमण भएको अनुमान
- शुक्रबार, १५ आषाढ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

मेरिल्याण्ड । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।
अरु केही घाइते भएका छन् । मेरिल्याण्डको प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।
मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ । नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ ।
सो पत्रिकाको कार्यालयमा भएको आक्रमण पहिलेदेखि नै योजना बनाएको एक नियोजित कार्य हो भनिएको छ । क्यापिटल गजेट पत्रिकाका एकजना सम्वाददाताले आक्रमणकारीले लुकेर शिशाको ढोकाबाट गोली चलाएको भनेका छन् ।
उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालय भित्र आतङ्क मच्चिएको बताएका छन् । उनीहरुले बन्धुकधारीले शिशाको ढोकाको बाहिरबाट समाचार कक्षमा ताकेरै गोली चलाएको जानकारी दिएका छन् ।
उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले जनाएअनुसार पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताएका छन् ।
उनले भनेका छन्–यसमा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान सुरु भएको छ ।
मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका पनि प्रहरी प्रमुख क्रम्फले जानकारी दिए ।
उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्वार गरेर बाहिर निकालिएको बताएका छन् । ती गोली हान्ने व्यक्तिको पहिचान खुलाउन र के कति कारणले गोली हानेको हो भन्ने बारेमा पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको पनि बताएका छन् ।
केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुनसक्ने भनेका छन् ।
क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले भने उक्त पत्रिकामा हिंसात्मक आक्रमण गर्ने धम्की समाजिक सञ्जालमार्फत केही समयअघि आएको थियो भनेका छन् । तर कसले र किन यो धम्की दिएको हो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार संयोजक सेराह सेन्डर्सले हत्याको निन्दा गर्नुभएको छ । उहाँले निर्दोष पत्रकारहरूविरुद्धको आक्रमणले सिंगो अमेरिकालाई नै स्तब्ध बनाएको प्रतिक्रिया दिनुभएको छ ।
उनले यस आक्रमणमा संलग्नलाई आवश्यक कारबाही गर्नुपर्ने पनि बताएका छन् । त्यसमा संलग्न भनिएको व्यक्ति म्येरिल्याण्ड निवासी र करिब ३० वर्षको भएको अनुमान गरिएको छ ।
तर यस बारेमा प्रहरीले केही बताएको छैन । उसले आक्रमणकारी प्रहरी नियन्त्रणमा रहेको र उसमाथि अनुसन्धान थालिएको मात्र बताएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
- 3 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु
- 4 hours ago

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री
- 4 hours ago

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।