Techie IT
२०८१ वैशाख ८, शनिबार
NepaliPatra logo
गृहपृष्ठखेलविभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई स्वागत

विभागीय टिम त्रिभुवन आर्मीका खेलाडीलाई स्वागत


बागलुङ । भलिबल विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुलाई गलकोट नगरपालिका ७ मल्ममा स्वागत गरिएको छ ।

राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले एक कार्यक्रमका बिच मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गामा स्वागत गरेको हो ।

कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान तथा विभागीय टिम त्रिभुवन आर्मी क्लवका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ, सामुदायिक रेडियो गलकोट एफ एमका प्राविधिक तथा प्रस्तोता थम्मन थापा र गलकोट नगरपालिका वडा नं ७ का पूर्व वडा सदस्य मिना दर्जीले मन्तव्य राखेका थिए ।

सो अवसरमा गलकोटमा आयोजित राष्ट्रिय स्तरको बुकी कप प्रतियोगिताको विजेता त्रिभुवन आर्मी कल्वलाई बधाई ज्ञापन गर्दै फूलमाला द्वारा खेलाडीहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा स्थानियले स्थानिय परम्परागत भाका सहित भजन प्रस्तुत गरि खेलाडीहरुलाई नचाएका थिए । कार्यक्रम राम्चेढुङ्गा पर्यटन विकास केन्द्र मल्मका अध्यक्ष विष्णु थापा अम्मरको सञ्चालनमा सम्पन्न भएको थियो ।

मंगलबार विभागीय टिम त्रिभुवन आर्मी कल्वका खेलाडीहरुले गलकोटका पर्यटकीय गन्तव्यहरु टेउवा स्थित मुर्तिकला, गलकोट दरबार र राम्चेढुङ्गाको स्थलगत भ्रमण गरेको हिमालयन म्यूजिकल ईभेन्ट म्यानेजमेण्ट एण्ड फिल्मसका संयोजक मोहन केसीले जानकारी दिए ।

त्यस्तै विभागीय टिम नेपाल पुलिस कल्वका खेलाडीहरुले पनि गलकोट नगरपालिका ५ टेउवाको मुर्तिकला, ताराखोला गाउँपालिका १ मा अवस्थित गाईघाट झरनाको भ्रमण गरेको छन् ।

विभागीय टिमहरु गलकोटमा पौष ८ गतेदेखि १६ गते सम्म सञ्चालन भएको बुकी कप २०८० मा सहभागी हुन गलकोट आएका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्

Techie IT