Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलआर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने

आर्मी क्लब आहा रारा गोल्डकपको फाइनलमा, उपाधिको लागि थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने


काठमाडौँ । विभागीय टिम त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले चर्च बोइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

त्रिभुवन आर्मी क्लबको लागि खेलको ६१ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेर अग्रता दिएका थिए । तर, ८५ औं मिनेटमा चर्च बोइजको लागि समिर तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

नियमित समयमा खेल बराबरीमा सकिएसँगै अतिरिक्त समयमा खेल धकेलिएको थियो । आर्मीको लागि ९९ औं मिनेटमा राश बहादुर मगरले गोल गरेका थिए ।

आजको खेलमा जित निकालेसँगै आर्मीले फाइनलमा थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्री स्टार जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल खेल माघ २० गते हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT