अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त
- मंगलबार, १९ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको कुरा मङ्गलबार चीनमा बताएका हुन् ।
चीनको औपचारिक भ्रमणका क्रममा रहनुभएका उनले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राखेका हुन् ।
राष्ट्रपति म्याँक्रोले भने– अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ ।
चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच जलवायू परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि बताइएको छ । बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायू र जैविक विविधताका क्षेत्रमा अपरीहार्य विषय रहेको पनि सो समाचारमा जनाइएको छ ।
यस निर्णयसम्बन्धी पत्राचार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार औपचारिक रुपमै गरेकाे बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको उक्त कुराको पुष्टि गरेका छन् ।
उनले भनेका छन्– महासचिव गुटर्रेसले संयुक्त राज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गरेका छन् ।
यसअघि फ्रान्स तथा उक्त सम्झौतामा हस्ताक्षर गरेका विश्वका नेताहरुले पनि उक्त सम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गर्दै आएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँः महासचिव पोखरेल
- 1 minute ago

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले १० दलीय सत्ता गठबन्धन भत्काउने एमालेको कुनै योजना नरहेको बताएका छन्। प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताएका हुन्।
सुनको मूल्य बढ्यो
- 14 minutes ago

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार २०० रुपैयाँ बढेको हो। यस दिन छापावाल सुन तोलामा १ लाख ९ हजार रुपैयाँमा कार
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
- 20 minutes ago

नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक छन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्था
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।