अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता

Norvic Hospital

एजेन्सी । अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।  

 

विषेश प्रतिनिधि जल्मे खलिलजादले पाकिस्तान भ्रमणका क्रममा शुक्रबार सरकारी अधिकारीहरुलाई तालिबानी लडाकूहरुसँग भइरहेको शान्ति वार्ताको पछिल्लो अवस्था जानकारी गराएका थिए । 

 

पाकिस्तानस्थित अमेरिकी दूतावासद्वारा जारी वक्तव्यमा विषेशप्रतिनिधि खलिलजादले पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी, प्रधानसेनापती क्वामर जाभेद बाज्वालगायतसँग भेटवार्ता गरेको उल्लेख गरिएको छ ।  

 

अमेरिकाले तालिवान लडाकूहरुसँग गरिरहेको शान्ति वार्ताको प्रगतिका बारेमा खलिलजादले उनीहरुलाई जानकारी गराएका थिए ।

 

विषेशप्रतिनिधि खलिलजादले अफगानिस्तान र तालिबानी लडाकूको बीचमा सम्झौता गराउन लागेको र त्यसमा सहयोगको अपेक्षा गरेको पाकिस्तानी अधिकारीहरुसँग बताएका थिए । 

 

शान्ति वार्ता सफल भएमा यस क्षेत्रको आर्थिक तथा सुरक्षा मामिलामा हुने फाईदाका बारेमा पनि उनीहरुबीच छलफल भएको वक्तव्यमा जनाइएको छ ।

 

तालिबानी लडाकूहरुको तर्फबाट गत आइतबार तीन महिनापछि दोहामा वार्ता गर्ने घोषणा भएको थियो ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता

  • 8 minutes ago
जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।

राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

  • 18 minutes ago
राष्ट्रियसभाको बैठक माघ १७ गते बोलाइयो

काठमाडौँ। राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन्। यसअघि माघ २ गते अन

मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

  • 31 minutes ago
मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटियो

मोरङ। मोरङको कमलपुरस्थित उखुबारीमा दुई जनाको शव भेटिएको छ। धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको हो। २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।