अमेरिकाले इरानविरुद्ध यी तीन उपाय अपनाउँला त ?

Norvic Hospital

एजेन्सी । इरानसँगको विवादले विश्वभर त्रासको वातावरण बनाउन थालेको छ । धेरैले त तेस्रो विश्वयुद्धको तयारी समेत हुन लागेको अनुमान गरिरहेका छन् ।

 

‘स्काइ न्युज’ लाई ट्रम्पले दिएको एक बयानमा इरानका ५२ ठाउँमा अमेरिकाले हान्न सक्ने जबाफ दिएका थिए । 

 

इरान पनि जसरी प्रस्तुत भइरहेको छ त्यसले कसैलाई फाइदा पुग्दैन । अमेरिकाको भुमिका निकै खराब रहेको सुरक्षाविद्हरुले समेत बताइरहेका छन् । 

 

राष्ट्रपति ट्रम्प पछिल्लो पटक इरानलाई लिएर निकै गम्भिर रहेका छन् । केही महिनासम्म इरान र अमेरिकाको सम्बन्ध विवादित रहेको थियो । तर, उनीहरुबीच युद्ध नै हुने छनक भने देखिएको थिएन ।

 

अमेरिकाले इरानका सैन्य प्रमुख सुलेमानीको हत्या गरेपछि भने इरानले बदला लिने र युद्ध गर्ने संकेत देखाइरहेको छ । 

 

विश्वको केन्द्रबिन्दु अमेरिका र इरानबीच चलिरहेको विवादमा रहेको छ ।

 

सुरक्षाविद्हरुले अमेरिका र इरानबीच सम्वाद निकै कठिन हुने समेत बताएका छन् । इरानले आणविक हतियारको विकास गर्ने बताइसकेको छ । 

 

ती मिसाइलहरु अमेरिकाका लागि घातक हुने इरानले बताएको छ ।  

 

सुरक्षा विदहरुले इरानसँग कस्तो सम्बन्ध बनाउने भन्नेबारे केही उपायहरु प्रस्तुत गरेको छ ।  

 

उपाय १– सैन्य बल

इरानले देखाउँदै आइरहेको सैन्य बलका कारण अमेरिकालाई इरानका राष्ट्रपति रौहानीले धम्की दिदै आइरहेका छन् । यसका लागि पनि ट्रम्पले सैन्य सशक्तिकरणमा बढी जोड दिने बारम्बार बताउँदै आइरहेका छन् । तर, इरानसँग युद्ध नै गर्ने हो भने आणविक हतियारको युद्धलाई चुनौती दिनु नै हो ।

 

उपाय २– राजनैतिक व्यवस्थाको परिवर्तन

इरानमा अमेरिकाले राजनैतिक व्यवस्था परिवर्तन ल्याउन सके ठुलो सफलता पाउने अनुमान धेरैले गरेका छन् । 

 

लामो समयदेखि चल्दै आइरहेको इरानको शासन व्यवस्थालाई धरासायी बनाउनु अर्को उपाय हुनसक्छ ।

 

प्रोपोगाण्डा तथा आर्थिक कटौतीका कारण इरानको शासन व्यवस्था कमजोर बनाइ नयाँ शासन व्यवस्था ल्याउनु अर्को विकल्प हुनसक्छ । इरानविरुद्ध प्रोपोगाण्डा मच्चाउने काम गर्न सके थप राहत हुने उनीहरुको दाबी छ । 

 

उपाय ३–दुश्मनी बिर्सिएर अमेरिकाले माफी माग्नुपर्ने 

सबै दुश्मनी भुलेर मित्रताको हात अगाडि बढाउन दुवै देशले अग्रसर हुनुपर्ने । यो लगभग असम्भव रहेको केही सुरक्षाविद्हरुको भनाइ रहेको छ । शक्तिशाली देश अमेरिकाले आजसम्म कुनै देशसँग यसरी सम्वाद नगरेको उनीहरुको भनाई छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 7 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल

'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

  • 9 minutes ago
'अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ'

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको

‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

  • 12 minutes ago
‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुने

काठमाडौँ। अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राईज’को दोस्रो भाग ‘पुष्पा २’ २०२३ मा प्रदर्शन हुनसक्ने यसका निर्माणपक्षले जनाएका छन्। फिल्मका निर्माता मनीष शाहले हालसालै दिएको एक अन्तर्वार्तामा फिल्मक



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।