अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।

 

कम्बाइन्ड फोर्सेज कमान्ड (संयुक्त सैन्य कमान्ड) ले जारी गरेको पछिल्लो विज्ञप्तिमा कोरियाले कोरोना सङ्क्रमणको स्तर निकै गम्भीर मोडमा पुगेको जानकारी गराएकाले अर्को सूचना प्रकाशन नहुँदासम्म संयुक्त सैन्य अभ्यास स्थगित गर्नु परेको उल्लेख छ ।

 

कोरियाली प्रायःद्वीपमा आणविक अस्त्रको सम्भावित होडबाजीबीच सुरक्षाका लागि दक्षिण कोरियामा हाल संयुक्तराज्य अमेरिकाका करिब २८ हजार ५०० सैन्य तैनाथ छन् । अमेरिका बाहिर कोरियामा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सेना तैनाथ छ । 

 

यद्यपी उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्ने र आणविक अस्त्र त्याग्न लगाउने प्रयास स्वरुप पछिल्ला केही समयदेखि संयुक्त सैन्य अभ्यासको संख्यामा कटौती गरिएका छन् । उत्तर कोरियाले भने विगत लामो समयदेखि अमेरिकी र दक्षिण कोरियाली सैन्य अभ्यासप्रति आपत्ति जनाउँदै आएको छ ।

 

कोरियाली सङ्क्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबार अरु ५०० भन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । कोरोनाकै कारण कोरियामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । कोरियामा हालसम्म एक हजार ७७६ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रले जनाएको छ । चीनबाहिर यति ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएको कोरिया नै हो ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 4 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 4 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 4 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।