अमेरिकाबाट स्वास्थ्यकर्मीलाइ मास्क सहयोग

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
  • सोमबार, ८ बैशाख, २०७७
  • 2 years ago
  • नेपाल

काठमाडौँ । स्थानीय तहले स्थापना गरेका हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाइ अमेरिकाबाट सर्जिकल माक्स सहयोग प्राप्त भएको छ । यहाँस्थित बुढीगंगा नगरपालिका–१ कुँडी घर भइ अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वर सिंहले  एक हजार ८०० माक्स सहयोग गर्नु भएको हो । उनले ४० हजार बराबरको एक हजार ८०० सर्जिकल मास्क सहगोग गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिकाबाट भाग्यश्वरीले सहयोग गरेको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिए । सिंहले आफ्नो पारिश्रमिकबाट आएको केही रकमले स्वास्थ्यकर्मीलाइ सो सहयोग गरेका हुन् । 

 

सर्जिकल माक्स बुढीनन्दा नगरपालिकामा चार सय, स्वामिकार्तिक खापर गाँउपालिकामा तीन सय, जगन्नाथ गाँपालिकामा तीन सय, हिमाली गाँउपालिका तीन सय हस्तान्तरण गरिएको छ । त्रिवेणी नगरपालिकामा तीन सय र बुढिगंगा नगरपालिका–१ धुरालसैनमा रहेको  स्वास्थ्य केन्द्रलाइ दुइ सय मास्क हस्तान्तरण गरिएको छ । जिल्लामा हाल २१ हेल्थ डेस्क, १५ क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांशमा मास्क नभएको पाइएको थियो । 

 

यसैबीच स्वास्थ्य कार्यालय बाजुरालाई नेपाली काँग्रेसका महासमिति सदस्य जनकराज गिरीको पहलमा १८ वटा व्यक्तिगत सुरक्षा सामाग्री (पिपिइ) सहयोग गरिएको छ । समाजसेवी महावीर पुनको सहयोगमा प्राप्त पिपिइ काँग्रेस नेता गिरीको पहलमा बाजुरा आइपुगेका हुन् । ती पिपिई स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई बुझाइएको छ । 

 

उपचारमा संलग्न व्यक्ति, एम्बुलेन्सका सवारी चालकको सुरक्षाका लागि प्रयोग गर्न राहत स्वरुप सो सामग्री पठाएको काँग्रेस नेता जनकराज गिरीले बताए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 4 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 4 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 4 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।