उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण

Norvic Hospital

सिओल। कोरियाली युद्धका क्रममा उत्तर कोरियामा मारिएका अमेरिकी सैनिकको अवशेष आज अमेरिकालाई हस्तान्तरण गरिएको छ । ती अवशेष ल्याउन एउटा अमेरिकी सैनिक बिमान उत्तर कोरिया पुगेको थियो । ह्वाउट हाउसले यो घटनालाई “सकारात्मक” कदम भनेको छ । 

 

कोरियाली युद्ध समाप्तिको ६५औं वर्षका अवसरमा भएको यस अवशेष फिर्तीको घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ उनबीच हालै सिंगापुरमा सम्पन्न ऐतिहासिक सम्झौताको एक हिस्साका रुपमा लिइएको छ । 

 

“यतिका वर्षपछि नै सही, धेरै आफन्तजनका लागि यो अपूर्व क्षण हो । धन्यवाद कीम जोङ उन,” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै भनेका छन् । 

 

ह्वाउट हाउसले अमेरिकी सैनिकको अवशेषको फिर्ती र “सकारात्मक परिवर्तनको यस क्षण”ले उत्साहित बनाएको जनाएको छ । “आजको यो कार्य उत्तर कोरियाबाट थप अरु सैनिकका अवशेष फिर्ता ल्याउनेतर्फ एक महत्वपूर्ण कदम हो । साथै, युद्धको समाप्ति पश्चात उत्तर कोरियाबाट स्वदेश फिर्ता नआएका अनुमानित ५,३०० अमेरिकी सैनिकको खोजी गर्न यसले मद्दत गर्नेछ,” ह्वाइट हाउसले भनेको छ । 

 

उत्तर कोरियाली तटीय सहर वोनसानबाट सैनिकका अवशेष बोकेको सी–१७ नामको कार्गो बिमान दक्षिण कोरियास्थित ओसान अमेरिकी हवाई अखडामा अवतरण गरेको थियो । बिमानस्थलमा अमेरिकी सैनिकहरु लामबद्ध भई बिमानको प्रतिक्षामा थिए । ओसान पु¥याइएका अवशेषलाई अमेरिकाको हवाइमा परीक्षण गरिनेछ । 

 

दक्षिण कोरियास्थित संयुक्त राष्ट्रसंघीय कमान्ड (युएनसी) का अनुसार उक्त बिमानमा ५५ वटा अवशेष रहेका छन् । “व्यापक समन्वय पश्चात यो कार्य सफल भएको हो,” एक वक्तव्य जारी गर्दै युएनसीका कमान्डर जनरल भिन्सेन्ट ब्रूक्सले बताएका छन् । 

 

युद्धका क्रममा कोरियाली प्रायःद्वीपमा ३५,००० भन्दा बढी अमेरिकीहरु मारिएका थिए जसमध्ये करिब ७,७०० अझै हराइरहेको मानिन्छ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका अनुसार तीमध्ये उत्तर कोरियामा मात्र ५,३०० जना हराएका थिए । 

 

सन् १९९० र २००५ को अवधिमा, उत्तर कोरियाबाट २२९ वटा अवशेष फिर्ता गरिएका थिए, तर उत्तर कोरियाको आणविक हतियार कार्यक्रम पश्चात अवशेष खोजीका सम्पूर्ण कार्यक्रम बिथोलिएका थिए । 

 

अमेरिकी अधिकारीहरुका अनुसार, उत्तर कोरियामा हस्तान्तरणका लागि करिब २०० थान अवशेष तयारी अवस्थामा छन् । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

  • 6 hours ago
‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन् । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेल

चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

  • 6 hours ago
चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

एजेन्सी । चीनले अफ्रिकालाई कोभिड-१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ ।

ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

  • 6 hours ago
ए डिभिजन लिगः च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । च्यासल युथ क्लब र न्यु रोड टिम (एनआरटी) ले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एनआरटीले १–१ गोलको बराबरी



पर्यटन

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

जीवनशैली

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

तुलसीको बोटमा यी दिनहरुमा जल चढाउनु हुँदैनः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा तुलसीको बोटसँग सम्बन्धित केही अन्य महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। परापूर्वकालदेखि नै घरमा तुलसीको बोट रोपेर दिनहुँ जल चढाउने चलन छ । तर, कतिपय विशेष दिनहरु यस्ता हुन्छन् जब तुलसीमा जल चढाउनु हुँदैन । कुन दिन तुलसीमा जल चढाउनु हुँदैन भन्ने बारेमा हामी तपाईलाई बताउँछौँ ।

विचित्र विश्व

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि हेलिकोप्टर चार्टर्ड गरेर विवाह

वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।