अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग

Global IME
Mega Bank
Norvic Hospital

न्यूयोर्क । अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । 

 

मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको पाइएको छ, र यसलाई हटाइएको छ किनभने यिनीहरुमा “नियोजित” र “अनाधिकृत” राजनीतिक व्यवहार झल्कने सामग्री राखिएको थियो । 

 

तर यी ठेगानमा कम्तीमा वासिङटनका अधिकारीहरु जोडिएको पाइन्न । झण्डै ३००,००० मानिसले यी प्रतिबन्धित खातासँग आफूलाई आबद्ध गराएको पाइन्छ र प्रचारित सामग्रीमा मानिसले अभिरुचि देखाएका छन् । 

 

“यो त बिल्कुलै हाम्रो लोकतन्त्रमाथि आक्रमण हो,” सिनेट जासूसी समितिमा डेमोक्राट पार्टीका तर्फबाट भर्जिनियाका सांसद मार्क वार्नरले बताउनुभयो । यस विषयमा फेसबुकले सिनेट कमिटीलाई पहिल्यै जानकारी गराएको थियो । वार्नरको विचारमा यस आक्रमणमा रुसको मुख्य भूमिका रहेको छ । 

 

सिनेट न्यायिक समितिका अध्यक्ष चक ग्रास्लेका एकजना प्रवक्ताले रुसीहरुको एउटा समूहले फेसबुकको प्रयोगमार्फत गलत सन्देश फैलाउन खोजको जानकारी प्राप्त भएको बताए । फेसबुक खाता बन्द गरिएका यी समूहहरु राजनीतिक प्रेरित रहेको उनले बताए । 

 

डिजिटल फोरेन्सिक रिसर्च ल्याबमा कार्यरत बेन निम्मो र ग्राहम ब्रुकीले ब्लग पोस्टमा लेख्दै पहिचान गरिएका ती खाताहरुले अमेरिकी नागरिकबीच विभाजन ल्याउन र एकअर्का विरुद्ध लड्न प्रोत्साहित गरेको बताए । गैरनाफामूलक यो ल्याबले फेसबुकबाट प्रदान गरिने सेवाको दुरुपयोगसम्बन्धी विश्लेषण गर्दछ । 

 

क्यालिफोर्नियाबाट निर्वाचित डेमोक्राट सांसद एडम सिफले मध्यावधि निर्वाचन अघि अझ बढी काम गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो । उनले भने, “विदेशी तत्वहरुले सन् २०१६ चुनावताका प्रयोग गरेकैजस्तो विधि यसपटक अपनाउन थालेका छन् । उनीहरुले हामीलाई राजनीतिक र वैचारिक दृष्टिकोणबाट विभाजित गरिरहेका छन् ।” 

 

संसदीय जासूसी समितिले सेप्टेम्बरमा फेसबुकका प्रमुख सञ्चालन अधिकृत सेरिल स्यान्डबर्ग, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्से र गुगलका अधिकारीसँग संसदीय सुनुवाई गर्ने योजना बनाएको छ । 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपका सन्दर्भमा मिश्रित प्रतिक्रिया दिनुभएको छ । आगामी चुनावमा त्यस्तो हस्तक्षेपको सम्भावना छ त भनी गत साता सोधिएको प्रश्नमा ट्रम्पले मध्यावधि चुनावलाई लक्षित गर्ने सम्भावना रहेको ट्विटमार्फत जानकारी दिएका छन् । 

 

मङ्गलबार मात्र ह्वाइटहासका प्रवक्ता होगान गिड्लेले राष्ट्रपति ट्रम्पले अमेरिकी चुनावमा कुनै पनि राष्ट्र, राज्य वा अरु कुनै खराब तत्वले हस्तक्षेप गरेमा त्यसलाई अमेरिकी प्रशासनले सहन नसक्ने स्पष्ट गरेको उल्लेख गरेका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मेलम्ची खानेपानीको मुहान निरीक्षण

  • 16 minutes ago
मेलम्ची खानेपानीको मुहान निरीक्षण

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खान, सचिव मणिराम गेलाल, खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलगायत टोली शनिबार हेलम्बु–१, अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल नि

सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

  • 24 minutes ago
सिद्धान्त कस्तो छ, व्यवहारले देखाउँछः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको व्यवहारले सिद्धान्तका बारेमा बताउने भएकाले सही व्यवहार गर्नुपर्ने बताएका छन् । उनले पार्टीेको पाँचौँ केन्

'सबै पक्षसँग कुरा हुन्छ'

  • 27 minutes ago
'सबै पक्षसँग कुरा हुन्छ'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।



पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।