अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन
- शुक्रबार, १८ साउन, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

सिङ्गापुर । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताएका छन् छ ।
अमेरिकी एकजना पादरीलाई आतङ्कवादको अभियोगमा टर्कीले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
चेतावनीयुक्त भाषा र प्रतिबन्धले कुनै परिणाम ननिस्कने उनले बताएका छन् । अमेरिकी विदेश मन्त्री पोम्पेओ र क्याभुसोग्लुबीच भएको छलफलपछि सिङ्गापुरस्थित एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले सो कुरा बताएका छन् ।
अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएको र गत हप्तादेखि उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको छ । यसबाट पादरीलाई मुक्त गरिन्छ भनेर पर्खेका अमेरिकी अधिकारीहरु निराश भएका थिए ।
ब्रन्सनमाथि टर्कीले मुख्यतः दुईवटा अभियोग लगाएको छः सन् २०१६ को जुलाईमा टर्कीको असफल सैन्य कू मा अमेरिकामा बसोवास गरिआएका मुस्लिम धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी (पिकेके)लाई ब्रन्सनले सहयोग गरेका छन् ।
इज्मेर सहरको एजेनस्थित चर्चमा कार्यरत ब्रन्सनले टर्कीको आरोपको खण्डन गरेका छन् । उनीमाथि लागेको आङ्ककारीको आरोप प्रमाणित भएमा उनलाई ३५ वर्षको जेल सजाय हुनेछ । अगामी अक्टोबर १२ का उनको मुद्दामाथि सुनुवाई हुनेछ ।
टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीले पादरीको गिरफ्तारी र थुनामा राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेटोको सदस्य राष्ट्र टर्की र वासिङटनबीच तिक्तता आएको हो ।
टर्कीको विदेश मन्त्रालयले जवाफी उपायहरु अवलम्बन गर्ने घोषणा गरेपछि पहिलोपटक यो विदेश मन्त्रीस्तरीय बैठक भएको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।