'अमेरिकासँग सम्वाद सम्भव छैन'
- मंगलबार, २९ साउन, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

तेहरान, इरान । अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताएका छन् ।
इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ ।
खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमुल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन थप्ने काम गरेको छ ।
अमेरिकाले सन् २०१५ मा भएको इरानसँगको आणविक सम्झौताबाट फिर्ता हुने र पुनः प्रतिबन्ध लगाउने घोषणापछि इरानले अमेरिकी राष्ट्रपतिद्वारा प्रस्ताव गरेको नयाँ वार्तालाई अस्वीकार गर्ने निश्चित प्राय देखिएको छ ।
प्रतिबन्धबाहेक उनीहरूले युद्ध र वार्ताको कुराहरू गरिरहेका छन् । यसबारे उनीहरूलाई आफ्नो ट्वीटर पेजमार्फत मैले केही भन्छन्, “अहिलेको अवस्थामा अमेरिकासँग नत युद्ध हुन्छ न वार्ता नै ।”
इरानले नयाँ पुस्ताको छोटो दुरीको क्षेप्यास्त्रको प्रदर्शन गर्दै इरानले देशको क्षेप्यास्त्र क्षमतालाई वृद्धि गरी अघि बढ्ने रक्षामन्त्री अमिर हतामीले गरेको प्रतिवद्धताप्रति पनि खामेनीले विरोध जनाएका छन् ।
इरानको राज्य सञ्चालित टेलिभिजन आइआरआइबीले नयाँ पुस्ताको फातेह मोविन नामक क्षेप्यास्त्रको हालै सफल परीक्षण गरिएको छ । फातेह मोविनले जमिन र समूद्रमा प्रहार गर्न सक्छ ।
संस्थापन पक्षका उच्च तहको नेतृत्वसहित कैयौँ इरानीहरूको बुझाइमा अमेरिकाद्वारा इरानविरुद्ध गरेको आर्थिक प्रतिवन्धले इरानको समस्यालाई केही हदसम्म प्रभावित पारेको भएपनि देशमा व्याप्त भ्रष्टाचार तथा गलत राजनीतिक एवम् आर्थिक व्यवस्थापन प्रमुख समस्या हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 3 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।